मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

रुपन्देहीमा करिब ६ लाख बराबरको अवैध सामान बरामद, एक जना पक्राउ

Ujyalosandeshonline 12548+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानबाट करिब ६ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । भदौ ५ र ६ गते गरिएको चेकजाँचका क्रममा भन्सार छली चोरी पैठारी गरी ल्याइएका सामानहरु प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार, बरामद गरिएका सामानहरुमा बोइलर कुखुरा, लेडिज सुट, रेडबुल, चश्मा, दैनिक उपभोग्यका सामान, कुखुराको मासु र वायरिङका तार रहेका छन् । प्रहरीले अवैध सामान ओसारपसारमा संलग्न एक जनालाई पनि पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, सिद्धार्थनगर नगरपालिकाको गल्लामण्डी, बेलहिया बसपार्क र बसडिलवा, ओमसतिया गाउँपालिकाको पड्सरी, रोहिणी गाउँपालिकाको खुरहुरिया तथा लुम्बिनी साँस्कृतिक नगरपालिकाको कचरिहवाबाट उक्त परिमाणको सामान बरामद गरिएको हो ।

बरामद गरिएका सामानहरु आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय र पशु क्वारेन्टाइन कार्यालय बेलहियामा बुझाइएको छ । प्रहरीले ओमसतियाबाट सामानसहित सियारी गाउँपालिका–६ का ४० वर्षीय वैश मम्महदलाई नियन्त्रणमा लिएको हो । घटनामा प्रयोग भएका तीनवटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार