मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

रोहिणी गाउँपालिकाद्वारा ८५ जना विद्यार्थीलाई साइकल वितरण

Ujyalosandeshonline 12320+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका अन्तर्गत विभिन्न विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई साईकल वितरण तथा आधारभूत स्तरीय परीक्षा कक्षा ८ मा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई गरिएको छ । ‘गाउँपालिका अध्यक्षसँग बालिका कार्यक्रम’ अन्तर्गत शुक्रबार साईकल वितरण तथा सम्मान गरिएको हो । 

रोहिणी–३ स्वामीनगर, धकधईस्थित श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ८५ जनालाई साईकल वितरण गरिएको रोहिणी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मधु प्रसाद घिमिरेले बताए । अतिविपन्न तथा जेहेन्दार गरी ८५ जनालाई साईकल वितरण गरिएको घिमिरेले जानकारी दिए । उनले भने, ‘कार्यक्रममा कक्षा ८ गाउँपालिकाभरीमा उत्कष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । हरेक विषयका दुईजना उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको छ ।’  

कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका निम्ति लागिपरेको बताए । उनले सडक, भवन बनाएर मात्र विकास नहुने भएकोले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा गाउँपालिकाले प्राथमिकता दिएको बताए । अध्यक्ष यादवले भने, ‘चेतनाको विकास गर्न पनि जरुरी छ । सडक र ठूला भवन मात्र बनाएर हुँदैन । शिक्षा क्षेत्रलाई अगाडि बढाउन सामूहिक रुपमा अघि बढेका छौं ।’ 

श्री छिपागढ माध्यमिक विद्यालयका शिक्षक अहमद अली अन्सारीले विद्यार्थीहरुको मिहिनेतको कारण शिक्षकले निधारमा रातो टीका लगाउन पाएको बताए । उनले आगामी दिनमा राम्रो नतिजा ल्याउन सके सम्मानको महत्व अझ बढ्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार