मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

तेस्रो जनकपुरधाम मेयरकपमा बारालाई हराउँदै लखनउले जित्यो उपाधी

Ujyalosandeshonline 12208+ समाचार ( )
३ जेठ २०८२, शुक्रबार

जनकपुर । तेस्रो जनकपुरधाम मेयरकप २०८२ को उपाधी भारतको लखनउले हासिल गरेको छ ।जनकपुरधामको निर्माणधिन रामजानकी बहुउद्देशिय क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न फाइनल खेलमा बारालाई ८ विकेटले पराजित गर्दै लखनउ टिमले उपाधी हात पार्न सफल भएको हो ।

आजको अन्तिम खेलमा बारा टिमलाले पहिलो ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । बाराका लागि रवि साहले ५४, आदिल अंसारीले ५०, विवेक यादवले २२, पवन सर्राफलले १६, त्रित दासले ९ र निरंजन यादवले ७ रन जोडेका थिए भने अरनिको यादव सुन्य रनमै आउट भएका थिए ।

यता, लखनउका लागि सुभम यादव र मनिष सिंलेह २÷२ तथा शैलेन्द सिंह र अस्मित मिश्राले १÷१ विकेट लिएका थिए । १६९ रनको विजयी लक्ष्य सहित व्याटिङ्ग गर्न मैदानमा ओर्लेका लखनउ टिमले १७ ओभर ४ बलमा २ विकेट गुमाएर १७३ रन बनाएको थियो । लखनउका लागि हर्षित यादवले ९८, सुमित पाठकले ५३ , अंकित सिंहले १९ र सोमन महन्तीले २ रन जोडेका थिए । बाराका पवन सर्राफ र साहब आलम १÷१ विकेट लिएका थिए । कप विजेता लखनउ टिमलाई दुई लाख नगद र ट्रफी तथा उपविजेता बारा टिमलाई एक लाख २५ हजार नगद तथा ट्रफि प्रदान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार