मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

तरकारी उत्पादन गर्ने सामाग्री पाउँदा कृषक खुसी

Ujyalosandeshonline 12614+ समाचार ( )
७ फाल्गुन २०८०, सोमबार

मुगु । छाँयानाथ रारा नगरपालिका-२ वडा कार्यालयले किसानहरूलाई तरकारी खेतीका लागि आवश्यक सामाग्री बितरण गरेको छ । गाउँमा तरकारी खेतीको सम्भावना रहेको भन्दै किसानले माग गर्न थालेपछि वडा कार्यालयले तरकारी खेतीका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराएको हो । 

किसानले तरकारी खेतीसम्बन्धी तालिम समेत पाएका छन् । वडा कार्यालयले चालु आर्थिक वर्षमा किसानलाई तरकारी खेतीमा सहयोग गर्न ४ लाख रुपैयाँ बजेट छुट्याएको थियो । सहयोगी हातहरूको समूह, सहास नेपालले थप २ लाख ४६ हजार रुपैयाँ थप गरेपछि अहिले किसानले ६ लाख ४६ हजार मूल्य बराबरका सामाग्री अनुदानमा पाएका छन् । 

चैनगाउँका ६० जना किसानहरूलाई एक थान ग्रीन हाउस, एक थान गार्डेन पाइप, ५० मिटर ग्रीन हाउस जाली, स्प्रिंकल एक थान, दुई सय लिटरको ड्रम गरी पाँच प्रकारका सामाग्री बितरण गरिएको छायाँनाथ रारा नगरपालिका-२ का अध्यक्ष परेकराज चौलागाईले बताए । 

यहाँ सहास नेपालले किसानलाई सहयोग गर्न विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । 

‘गाउँ नजिकै बजार छ, गाउँमा तरकारी खेतीको सम्भावना छ, त्यसकारण किसानलाई तरकारी खेतीलाई व्यवसायिक बनाउन र अर्थोपार्जनको माध्यम बनाउन प्रोत्साहन गर्दै कृषि उपकरणहरू वितरण गरिएको छ,’ वडाध्यक्ष चौलागाईले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार