मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

तरकारी उत्पादन गर्ने सामाग्री पाउँदा कृषक खुसी

Ujyalosandeshonline 11768+ समाचार ( )
७ फाल्गुन २०८०, सोमबार

मुगु । छाँयानाथ रारा नगरपालिका-२ वडा कार्यालयले किसानहरूलाई तरकारी खेतीका लागि आवश्यक सामाग्री बितरण गरेको छ । गाउँमा तरकारी खेतीको सम्भावना रहेको भन्दै किसानले माग गर्न थालेपछि वडा कार्यालयले तरकारी खेतीका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराएको हो । 

किसानले तरकारी खेतीसम्बन्धी तालिम समेत पाएका छन् । वडा कार्यालयले चालु आर्थिक वर्षमा किसानलाई तरकारी खेतीमा सहयोग गर्न ४ लाख रुपैयाँ बजेट छुट्याएको थियो । सहयोगी हातहरूको समूह, सहास नेपालले थप २ लाख ४६ हजार रुपैयाँ थप गरेपछि अहिले किसानले ६ लाख ४६ हजार मूल्य बराबरका सामाग्री अनुदानमा पाएका छन् । 

चैनगाउँका ६० जना किसानहरूलाई एक थान ग्रीन हाउस, एक थान गार्डेन पाइप, ५० मिटर ग्रीन हाउस जाली, स्प्रिंकल एक थान, दुई सय लिटरको ड्रम गरी पाँच प्रकारका सामाग्री बितरण गरिएको छायाँनाथ रारा नगरपालिका-२ का अध्यक्ष परेकराज चौलागाईले बताए । 

यहाँ सहास नेपालले किसानलाई सहयोग गर्न विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । 

‘गाउँ नजिकै बजार छ, गाउँमा तरकारी खेतीको सम्भावना छ, त्यसकारण किसानलाई तरकारी खेतीलाई व्यवसायिक बनाउन र अर्थोपार्जनको माध्यम बनाउन प्रोत्साहन गर्दै कृषि उपकरणहरू वितरण गरिएको छ,’ वडाध्यक्ष चौलागाईले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार