मुख्य समाचार
आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए |

मेलम्ची गुफाडाँडाको विकासमा संघ र प्रदेशले सहयोग नगरेको गुनासो

Ujyalosandeshonline 12347+ समाचार ( )
२९ असार २०८२, आइतबार

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची–९ मा रहेको रमणीय गुफाडाँडा पर्यटकीय स्थलको विकासमा संघ र प्रदेश सरकारले असहयोग गरेको स्थानीयबासीले दुखेसो गरेका छन् । ०७५ साल पुस १६ र १७ गते तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक जलवायु सम्मेलनको उद्घाटन गरिएको उक्त स्थानलाई संघीय र प्रदेश सरकारले प्रतिवद्धता अनुसार काम नगरेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए ।

केही समय अघि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटकीय विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएपनि एक रुपैंयाँ पनि बजेट विनियोजन नगरेको दुखेसो गरे । गुफाडाँडा मात्र होइन मेलम्चीका सबै स्थानहरुप्रति संघ र प्रदेशले उपेक्षा गरेको सुनाउ । यस वर्ष नगरपालिकाले गुफाडाँडालाई दुई करोड बजेट छुट्याएको जानकारी दिँदै उनले आगामी दिनमा पालिकाले मुहार फेर्न सक्दो पहल गर्ने बताए ।

सम्पादक समाजको पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले गुफाडाँडाको प्रचार गर्न संचारकर्मीहरुको सहयोगको अपेक्षा पनि गरे । काठमाडौंबाट करिब ५४ किलोमिटरको दूरीमा रहेको गुफाडाँडा पदयात्रामा शनिबार ८० बढी पत्रकार सहभागी थिए । स्थानीय क्यौलेठाना आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा मेलम्ची वडानम्बर ९ का वडाध्यक्ष किरणदीप खड्काले गुफाडाँडाको महत्व र इतिहास निकै पुरानो भएकाले यसमा सबैको सहयोग आवश्यक रहेको बताए ।  

तत्कालीन राष्ट्रपति भण्डारीको उपस्थितिमा जलवायु परिवर्तनबाट हुन सक्ने क्षति र त्यसको न्यूनीकरणका सम्बन्धमा १० बुँदे घोषणापत्र जारी गरिएको थियो । सम्मेलनपछि उक्त स्थानमा दर्जनौं नेता एवम मन्त्रीहरु भ्रमण गरेर सहयोगको प्रतिवद्धता गरेपनि त्यो पूरा नगरेको स्थानीयको गुनासो छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार