अनलाइनमार्फत ठगी गर्ने व्यक्ति पक्राउ

Ujyalosandeshonline 11765+ समाचार ( )
२० पौष २०८०, शुक्रबार

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ घर भई हाल काठमाडौं वडा ३२ जडिबुटी बस्ने २१ वर्षिय भाग्य नारायण यादव रहेका छन् ।

उनले पीडितले प्रयोग गर्ने मोबाइल नम्बरमा अपरिचित स्रोत भएको यूएलआर लिङ्क एसएमएसमार्फत पठाइ सोहि लिंकमार्फत पीडितको बैंक खातामा अनाधिकृत रुपमा पहुँच पुर्याइ खातामा भएको मौज्दात रकम अन्यत्र बैंक खाता तथा वालेटमा ट्रान्सफर गरेको कसूरमा प्रक्राउ गरिएको हो । उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार