मुख्य समाचार
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल | सुनसरीको देवानगञ्ज घटना: संयमता अपनाउन सरकारको अपिल |

यु –१९ महिला क्रिकेटर तृष्णालाई ओमसतियामा सम्मान

Ujyalosandeshonline 11843+ समाचार ( )
७ मंगशिर २०८१, शुक्रबार

भैरहवा । महिला तर्फको यु १९ विश्वकपमा पुग्ने नेपाली टिमका सदस्य तृष्णा विश्वकर्मालाई सम्मान गरिएको छ । विश्वकर्माको गृहक्षेत्र ओमसतिया गाउँपालिकाले शुक्रवार दोसल्ला ओढाई, नगद ५१ हजार रुपैयाँ र सम्मान पत्र सहित सम्मान गरेको हो । 

हालै युएईमा सम्पन्न विश्वकप छनौट खेलमा नेपाली महिला टिम छनौट हुँदा विश्वकर्मा सो टिममा सदस्य थिइन् । सम्मान कार्यक्रममा आफ्ना मातापिता सहित उपस्थित भएकी विश्वकर्मालाई ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, प्रशासन प्रमुख रूपा थापा लगायतले संयुक्त रुपमा सम्मान गरेका थिए । 

सम्मान लिदै  क्रिकेटर विश्वकर्माले आफूलाई थप उत्साह र हौसला प्राप्त भएको जनाउदै विश्वकपमा नेपाली महिला टिमले राम्रो प्रदर्शन गर्ने बताइन् । सम्मान गर्दै गाउँपालिका अध्यक्ष यादवले विश्वकर्माले क्रिकेटको माध्यमबाट गाउँपालिकाको नाम पनि चम्काएको बताउदै विश्वकप क्रिकेटमा छनौट गराउन सफल आफ्नै गाउँको चेलिलाई सम्मान गर्न पाउदा खुसी लागेको बताए । 

अध्यक्ष यादवले खेलकुदलाई अघि बढाउन साग सहयोग सदैव रहने भन्दै क्रिकेट खेल अघि बढाउन मद्दत गर्ने तृष्णाको बुवा, आमालाई समेत बधाई दिए । 

गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले आफ्नै गाउँमा राष्ट्रिय स्तरको क्रिकेट खेलाडी रहेको र अहिले उनलाई सम्मान गर्न पाउदा हर्षित भएको जनाइन् । चौधरीले तालिम र अवसर पाए महिलाहरूले पनि राम्रो प्रदर्शन गर्न सक्छन् भन्ने उदाहरण तृष्णा भएको बताउँदै खेलक्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको जनाइन् । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले क्रिकेटले गाउँपालिकालाई चिनाएको भन्दै खेल क्षेत्रलाई अघि बढाउन गाउपालिका प्रतिबद्ध रहेको बताए । क्षेत्रीले सम्मानित खेलाडीको हौसलाकै लागी सानै रुपमा भए पनि सहयोग गरेको जनाउदै भविष्यमा के कसरी सहयोग गर्न सकिन्छ, तयार रहेको बताए । 

तृष्णाका पिता चन्द्र भान विश्वकर्माले छोरीले मेहनत गरे अनुसारको प्रतिफल प्राप्त गरेको बताए । सम्मान समारोहको सञ्चालन प्रशासन प्रमुख रुपा थापाले तथा स्वागत  योजना शाखा प्रमुख सरस्वती घिमिरेले गरेका थिए । तृष्णा ओमसतिया गाउँपालिका वडा नम्बर १ ,नयागाउँकी स्थायी बासिन्दा हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार