मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

रुपन्देही प्रहरीको सफलताः एकै वर्षमा १२ करोड बढीको अवैध सामान बरामद, ११३ जना पक्राउ

विवेक विश्वकर्मा 26+ समाचार ( )
२ श्रावण २०८२, बिहीबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०८१÷०८२ मा भन्सार छली तथा अवैध चोरी निकासी नियन्त्रणमा ऐतिहासिक सफलता हात पारेको छ । प्रहरीले यस अवधिमा १२ करोड ६७ लाख ७१ हजार ७७९ रुपैयाँ बराबरको अवैध सामान बरामद गर्नुका साथै तस्करीमा संलग्न ११३ जनालाई पक्राउ गरेको छ । यो सफलताले सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणमा प्रहरीको सक्रियतालाई पुष्टि गरेको सरोकारवालको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीका अनुसार, कार्यालय तथा मातहतका प्रहरी इकाईहरूबाट खटिएको विशेष टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउन लागेको समानहरु बरामद गरेको हो ।  बरामद गरिएका सामानहरूमा पशुपंक्षी देखि किराना, विद्युतीय सामग्री, कपडा, र अन्य घरायसी सामग्रीहरू रहेका छन् ।

यस बृहत कारबाहीको क्रममा प्रहरीले तस्करीमा प्रयोग भएका ३३१ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको छ । जसमा ३०२ वटा मोटरसाइकल, ८ वटा ट्रक, १७ वटा पिकअप, ३ वटा अटो रिक्सा र एउटा ट्याक्टर रहेका छन् । 

एसपी क्षेत्रीले बरामद गरिएका सम्पूर्ण सामान, पक्राउ परेका व्यक्तिहरू र नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, पशु क्वारेन्टाइन चेकपोस्ट बेलहिया र राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको जानकारी दिए  ।

भन्सार छली नियन्त्रणका साथै जिल्लाको समग्र शान्ति सुरक्षा र अपराध नियन्त्रणमा पनि रुपन्देही प्रहरीले उल्लेखनीय प्रगति गरेको छ । चालु आर्थिक वर्षमा जिल्लाभर कूल १७०७ वटा मुद्दा दर्ता भएकोमा ११४५ वटा मुद्दा फस्र्यौट भइसकेको छ भने ५६२ वटा मुद्दा अनुसन्धानको प्रक्रियामा रहेका छन् । यो तथ्याङ्कले प्रहरीको मुद्दा फस्र्यौट दर प्रभावकारी रहेको देखाउँछ ।

गत वैशाखमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नेतृत्व सम्हालेका एसपी क्षेत्रीको आगमनसँगै सीमा क्षेत्रमा हुने अवैध कारोबार र अपराध नियन्त्रणमा प्रहरीले आक्रामक रणनीति अपनाएको स्थानीयले बताएका छन् । प्रहरीको यस सक्रियताले जिल्लामा राजस्व संकलनमा समेत सकारात्मक प्रभाव पार्ने र आपराधिक गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार