मुख्य समाचार
जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड |

दलित, आदिवासी, पिछडिएका वर्गहरुलाई शिक्षित र संगठित हुन जसपा अध्यक्ष उपेन्द्र यादवको आग्रह

Ujyalosandeshonline 12613+ समाचार ( )
१३ मंगशिर २०८२, शनिबार

जनकपुर । जनता समाजवादी पार्टी नेपाका अध्यक्ष उपेन्द्र यादवले दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक समुदायहरुलाई शिक्षित र संगठित हुन आग्रह गरेका छन् । शनिबार जनकपुरधाममा आयोजित दलित , पिछडावर्ग, थारु आदिवासी र अल्पसंख्यक (डोओटिआईएम) परिसंघको धनुषा जिल्ला स्तरीय वृहत अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले सम्पूर्ण पिछडिएका वर्गहरुलाई शिक्षित र संगठित हुन आग्रह गरेका छन् । 

अध्यक्ष यादवले सम्पूर्ण जातजाती भाषाभाषी, धनी, गरीबले समान अधिकार पाउनु पर्ने बताएका छन् । सरकारले कर लिने बेला भेदभाव नगर्ने तर सुविधा दिने बेला भेदभाव गर्ने गरेको अध्यक्ष यादवले बताए । उनले हरेक जात हरेक धर्म रहेक समुदायले समान हक र समान सुविधा पाउनु पर्ने उल्लेख गरे । अध्यक्ष यादवले देशमा विद्यमान गुलामी प्रथा र भेदभाव अनत्य गर्न सबैलाई एक जुट भएर आवाज उठाउन पर्नेमा जोड दिए । उनले पहिला पिछडिएका वर्गहरुका बच्चाहरुलाई शिक्षित बनाउन आवश्यक रहेको बताए । उनले शिक्षित र संगठित हुनको विकल्प नरहेको बताए ।

समान अधिकारका लागि अहिले अझै संघर्ष गर्न बाँकी रहेकोले डिओटिआईएम मा आवद्ध भएर एक अर्कालाई कुनै समस्या परेमा चुप लागेर बस्नुको साटो अगाडि आएर आवाज उठाउन सबैलाई सुझाव दिए । अध्यक्ष यादवले कुनै एक समुदायलाई समस्या भएको खण्डमा अर्को समुदायले चुप लागेर बस्नु नहुने बताए । परिवर्तन चाहने सबैले सबैको समस्यालाई आफ्नो समस्या बुझेर एक अर्काको मद्दत गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर एक दर्जन बढी नेता कार्यकर्ता तथा युवाहरु जसपा नेपालमा प्रवेश गरेका थिए । अध्यक्ष यादवले टिका लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार