काठमाडौँ । सशस्त्र प्रहरी परिवार महिला संघ र भारतको सशस्त्र सीमा बल (एसएसबी) ‘वाइभ्स वेलफेयर एशाेसिएसन’ (सन्दिक्षा) बीच आपसी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा दुवै संस्थाबीच आपसी सद्भाव, आत्मीयता र पारस्परिक सहयोग अभिवृद्धि गर्नुका साथै संस्थागत अनुभव आदानप्रदानमार्फत विद्यमान सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको थियो।
सो अवसरमा दुवै पक्षका प्रतिनिधिहरूले आ-आफ्नो संस्थाले गर्दै आएका सामाजिक तथा कल्याणकारी गतिविधिबारे जानकारी गराउँदै आगामी दिनमा पनि आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। यस किसिमको अन्तरक्रियाले दुवै देशका सुरक्षा निकायका महिला संघहरूबीचको सम्बन्धलाई अझ प्रगाढ, आत्मीय र मजबुत बनाउन सकारात्मक एवं ठोस आधार तयार गरेको छ।