मुख्य समाचार
संघीय संसद्का दुवै सदनको बैठक आज, कांग्रेसका अवरोध खुल्ला ? | विश्वकप तयारीमा रहेको नेपाली टिम भोलक्यानोजसँग पराजित | २९ वर्षीया युवतीले जब रोजिन इच्छामृत्यु ... | कानुनी शासनका लागि न्यायपालिका संवेदनशील : प्रधानन्यायाधीश श्रेष्ठ | राजनीतिमा युवा सहभागिता वढाउन दलहरु सुध्रिनुपर्छ : सुनिता डंगोल | अन्ततः संसदीय छानबिन समिति गठनको सहमति | राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन : सुहाङ नेम्वाङ | एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउँछन्, यो नबुझेर हो : डा. ढकाल | सुनसरी औराबनीका २० घरपरिवारलाई भवन निर्माण गरी हस्तान्तरण | लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक पक्राउ |

क्रिकेट मैदानका कर्मचारीलाई ‘मनसरा’को एक लाख सहयोग

Ujyalosandeshonline 2600+ समाचार ( )
२४ वैशाख २०८१, सोमबार

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ टिमले हालै सम्पन्न नेपाल र वेस्ट इन्डिज ‘ए’बीच भएको ५ खेलको सिरिजमा कीर्तिपुर क्रिकेट मैदानमा काम गर्ने कर्मचारीलाई १ लाख रुपैंयाँ सहयोग गरेको छ । 

फिल्म र खेलकुदबीच सहकार्य तथा एकअर्का प्रर्वद्धन गर्ने हेतुले फिल्म टिमले क्यानसँग सहकार्य गरी कर्मचारीलाई १ लाख सहयोग गरेको हो ।

फिल्मका निर्माता शैलेन्द्र डी कार्कीले आगामी दिनमा पनि ग्राउण्डमा काम गर्ने कर्मचारीलाई हौसला मिलोस् भन्ने हेतुले आफुहरुले ग्राउण्ड स्टाफलाई एक लाख नगद सहयोग गरेको बताए । 

‘हाम्रो प्राथामिकतामा जहिले पनि पर्दा पछाडिका मान्छे पर्छन् र उनीहरुलाई प्रोत्सानको जरुरी रहने भएकाले पनि कबड्डी फिल्मस्ले खेलाडीसँगै ग्राउण्ड स्टाफलाई नगद सहयोग गरेको हो’, उनले भने ।

फिल्म ‘मनसरा’ कवि उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म हो । फिल्मले वर्ड अफ माउथ राम्रै पाइरहेको छ । फिल्मको कथा पनि स्वंयम् निर्देशक सुब्बाले नै लेखेका हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ ।

फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णकुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै