मुख्य समाचार
कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी |

क्रिकेट मैदानका कर्मचारीलाई ‘मनसरा’को एक लाख सहयोग

Ujyalosandeshonline 12442+ समाचार ( )
२४ वैशाख २०८१, सोमबार

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ टिमले हालै सम्पन्न नेपाल र वेस्ट इन्डिज ‘ए’बीच भएको ५ खेलको सिरिजमा कीर्तिपुर क्रिकेट मैदानमा काम गर्ने कर्मचारीलाई १ लाख रुपैंयाँ सहयोग गरेको छ । 

फिल्म र खेलकुदबीच सहकार्य तथा एकअर्का प्रर्वद्धन गर्ने हेतुले फिल्म टिमले क्यानसँग सहकार्य गरी कर्मचारीलाई १ लाख सहयोग गरेको हो ।

फिल्मका निर्माता शैलेन्द्र डी कार्कीले आगामी दिनमा पनि ग्राउण्डमा काम गर्ने कर्मचारीलाई हौसला मिलोस् भन्ने हेतुले आफुहरुले ग्राउण्ड स्टाफलाई एक लाख नगद सहयोग गरेको बताए । 

‘हाम्रो प्राथामिकतामा जहिले पनि पर्दा पछाडिका मान्छे पर्छन् र उनीहरुलाई प्रोत्सानको जरुरी रहने भएकाले पनि कबड्डी फिल्मस्ले खेलाडीसँगै ग्राउण्ड स्टाफलाई नगद सहयोग गरेको हो’, उनले भने ।

फिल्म ‘मनसरा’ कवि उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म हो । फिल्मले वर्ड अफ माउथ राम्रै पाइरहेको छ । फिल्मको कथा पनि स्वंयम् निर्देशक सुब्बाले नै लेखेका हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ ।

फिल्मका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णकुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार