मुख्य समाचार
पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द | बिमा दाबी गर्न सुनचाँदी चोरीको नाटक | भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित |

लुम्बिनी संग्रालय संरक्षण् परियोजना शुरु

Ujyalosandeshonline 11511+ समाचार ( )
२६ मंगशिर २०८१, बुधवार

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनी संग्रहालय संरक्षण परियोजना शुरु गरिएको छ ।  संग्रालयको अमेरिकी दुतावासको सार्वजनिक मामिला प्रमुख माइक हार्करले बुधबार परियोजना शुरु गरिएको हो । 

लुम्बिनी विकास कोष र  पुरातत्व विभागका प्रतिनिधिहरूको उपस्थितीमा प्राचिन कलाकृतीहरुको अमूल्य संग्रह संरक्षण र दस्तावेजीकरण गर्ने उदेश्यले एम्बासडर फण्ड फर कल्चरल प्रिजरभेसनको करिब सवा तीन करोड रुपैयाँ अनुदानमा संग्रालय शुरुवात गरिएको छ ।

संग्रालय परियोजनाका अवसरमा अमेरिकी दुतावासको सार्वजनिक मामिला प्रमुख माइक हार्करले संग्रालयले स्थानीय र अन्तर्राष्ट्रिय विज्ञहरूलाई लुम्बिनी र वरपरका स्थलहरूका कलाकृतीहरू अध्ययन र संरक्षणमा महत्वपूर्ण टेवा दिने बताए । उनले पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला पनि स्थापना गरिने  बताए ।  

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख प्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कोषका बरिष्ठ निर्देशक ज्ञानिन राई, बुद्ध फाउण्डेशनका निर्देशक आस्था थापाले संग्रालयले पु्रातात्विक अध्ययनमा ठूलो योगदान गर्ने बताए । 

परियोजनाले नेपालको समृद्ध सम्पदालाई आगामी पुस्ताका लागि सुरक्षित र सुनिश्चित गर्दै सांस्कृतिक संरक्षणमा सीपहरू सुदृढ गरी  तालिम लगायतका कार्यक्रमहरु पनि समावेश गरिएको छ ।  २००३ देखि अमेरिकी दूतावासले नेपालभर सांस्कृतिक संरक्षणलाई अगाडि बढाउँदै लुम्बिनीमा पनि संग्रहालय स्थापना गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार