मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

सहकारी ठगिमा बयानको लागि रवि लामिछाने रुपन्देहीमा, आजै बयान हुने

Ujyalosandeshonline 11768+ समाचार ( )
९ माघ २०८१, बुधवार

भैरहवा । सहकारी ठगि एवम संगठित आरोपमा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछाने बयानको लागि रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन । लामिछानेको बयान आजै हुने र बयान लगत्तै थुनछेक बहस सुरु हुने भएको छ । 

गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेपछि मुद्दाको प्रतिवादका लागि उहाँ अदालतमा उपस्थित भएका हुन ।

बयानको लागि लामिछानेको रुपन्देहीको ५ नम्बर इजलाशमा न्यायधिश प्रल्हाद कुमार योगीको अगाडी बयान हुने भएको  । रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार अहिले बयान लिने अधिकृतले मिसिल अध्ययन गरिरहेका छन् । अध्ययन लगत्तै उहाँको बयान सुरु हुने छ । 

नारायण बहादुर पहराई समेतको जाहेरीले नेपाल सरकार वादी रहेको सहकारी ठगी र संगठित अपराध मुद्दामा रविना रिमालसमेत २२ जना प्रतिवादी छन् । 

लामिछानेको बयान लगत्तै आजै थुनछेक बहस सुरु हुने सम्भावना रहेको छ । बहसको लागि सुरुमा जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका सरकारी वकिलले बहस गर्नेछन भने त्यसपछि प्रतिवादी बनाइएका रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शुसिल पन्त सहितका कानून व्यवसायीहरुले बहस गर्नेछन् ।

रवि लामिछाने सहितलाई लगाईएको यो पुरक मुद्दा हो । रुपन्देहीको सुप्रिम सहकारीको बचत अपचलनको अभियोगमा गोर्खा मिडिया प्रालीका तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछाने सहित २२ जना विरुद्ध माघ ६ गते मुद्दा दर्ता गरिएको थियो । सरकारी वकिलको कार्यालयले १४ जना विरुद्ध नया र ८ जना विरुद्ध पुरक अभियोग दर्ता गरेको छ । २२ जना विरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैया सामुहिक विगो दावी गरिएको छ । लामिछाने विरुद्ध व्यक्तिगत २ करोड रुपैया दावी छ ।

यस अघि पुस २५ गते कास्की जिल्ला अदालतले र माघ ३ गते काठमाण्डौं जिल्ला अदालतले धरौटी लिई रवि लामिछानेलाई मुद्दा लड्ने सुविधा प्रदान गरेको थियो । रुपन्देहीको हकमा भने आदेश आउन बाँकी रहेको छ ।

बयानको लागि लामिछाने कार्यालय समयमै उपस्थित भए पछि अहिले रुपन्देही जिल्ला अदालत आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ । अदालत अगाडी रविका समर्थकहरुको बाक्लो उपस्थिति रहेको छ भने अदालत परिसरमा सञ्चारकर्मि समेतलाई प्रवेशमा रोक लगाईएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार