मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

मगर दिवसको अवसरमा सभामुखद्धारा शुभकामना व्यक्त

Ujyalosandeshonline 11005+ समाचार ( )
१५ फाल्गुन २०८०, मङ्गलबार

बुटवल । नेपाल मगर संघको ४२ औं स्थापना दिवसको अवसरमा लुम्विनी प्रदेशका  सभामुख तुलाराम घर्ती मगरले लुम्विनी प्रदेशवासी तथा देश– विदेशमा रहनु भएका सम्पुर्ण मगर समुदाय एवं गैर मगर समुदायमा शुभकामना व्यक्त गर्नु भएको छ । 

मगर समुदायको इतिहास, भाषा, संस्कृति तथा जातीय मौलिकताको संरक्षण र सम्वद्र्धनमा यो दिवसले महत्वपूर्ण भूमिका खेल्नेउहांले  विश्वास व्यक्त गर्नुभयो । आदीवासी जनजातिमा सूचिकृत यो समुदाय जनसांख्यीय कोणबाट सबै भन्दा ठूलो समुदाय हो । यस समुदायले नेपालको आर्थिक, राजनीतिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्दै आएको छ । 

 आज एक शुभकामना सन्देश जारी गर्नुहुदै उहँंले मगर जातिको विशेषता मेहनती, इमान्दारी, सोझोपन, देशभक्त, कर्मठ र विश्वासीलो भएको र यो विशेषतालाई कायम राख्न र संस्कृतिको संरक्षण गर्न आधुनिकतासंगै चुनौती थपिएको उल्लेख गर्नु भएको छ । नयां पुस्तालाई आफ्नो मौलिक पहिचाहन र सांस्कृतिक पहिचानलाई प्रवद्र्धन र संरक्षण गर्न समेत म अपिल समेत उहांले गर्नु भयो ।  

लुम्विनी प्रदेशसभाले विभिन्न जात–जाति, भाषा–भाषि, धर्म संस्कृति लिङ्ग, वर्ग, क्षेत्रको अधिकार स्थापित गर्ने सवालमा नीति तथा कानुन निर्माण गरेको र मगर समुदायको भाषा, संस्कृति मौलिक पहिचानलाई संरक्षण र प्रवद्र्धन गर्दै संवैधानिक अधिकारलाई स्थापित गर्न लुम्विनी प्रदेश सभा प्रतिवद्ध भई काम गरेको उहांले सन्देशमा उल्लेख  गुर्न भएको छ । राज्यले सबै समुदायका भाषा, संस्कृतिको प्रवद्र्धन गर्न सक्छ तर यसको संरक्षण गर्ने जिम्मेवारी सम्वन्धीत समुदायकै हो । तसर्थ विश्भर छरिएर रहनु भएका मगर समुदायको आफ्नो पहिचानलाई जोगाउनु आवश्यक छ । यो दिवसले सबै मगर समुदायलाई एकताको मालामा गांस्न तथा सम्पुर्ण नेपालीहरुमा आपसी मित्रता भाईचारा बन्धुत्व सद्भाव र सहिष्णुताको कायम गर्न पनि महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै पुनः सबै शुभकामना व्यक्त गर्दछु । शुभकामना सन्देशमा सभामुख घर्ती मगरले उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार