मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

मगर दिवसको अवसरमा सभामुखद्धारा शुभकामना व्यक्त

Ujyalosandeshonline 12614+ समाचार ( )
१५ फाल्गुन २०८०, मङ्गलबार

बुटवल । नेपाल मगर संघको ४२ औं स्थापना दिवसको अवसरमा लुम्विनी प्रदेशका  सभामुख तुलाराम घर्ती मगरले लुम्विनी प्रदेशवासी तथा देश– विदेशमा रहनु भएका सम्पुर्ण मगर समुदाय एवं गैर मगर समुदायमा शुभकामना व्यक्त गर्नु भएको छ । 

मगर समुदायको इतिहास, भाषा, संस्कृति तथा जातीय मौलिकताको संरक्षण र सम्वद्र्धनमा यो दिवसले महत्वपूर्ण भूमिका खेल्नेउहांले  विश्वास व्यक्त गर्नुभयो । आदीवासी जनजातिमा सूचिकृत यो समुदाय जनसांख्यीय कोणबाट सबै भन्दा ठूलो समुदाय हो । यस समुदायले नेपालको आर्थिक, राजनीतिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्दै आएको छ । 

 आज एक शुभकामना सन्देश जारी गर्नुहुदै उहँंले मगर जातिको विशेषता मेहनती, इमान्दारी, सोझोपन, देशभक्त, कर्मठ र विश्वासीलो भएको र यो विशेषतालाई कायम राख्न र संस्कृतिको संरक्षण गर्न आधुनिकतासंगै चुनौती थपिएको उल्लेख गर्नु भएको छ । नयां पुस्तालाई आफ्नो मौलिक पहिचाहन र सांस्कृतिक पहिचानलाई प्रवद्र्धन र संरक्षण गर्न समेत म अपिल समेत उहांले गर्नु भयो ।  

लुम्विनी प्रदेशसभाले विभिन्न जात–जाति, भाषा–भाषि, धर्म संस्कृति लिङ्ग, वर्ग, क्षेत्रको अधिकार स्थापित गर्ने सवालमा नीति तथा कानुन निर्माण गरेको र मगर समुदायको भाषा, संस्कृति मौलिक पहिचानलाई संरक्षण र प्रवद्र्धन गर्दै संवैधानिक अधिकारलाई स्थापित गर्न लुम्विनी प्रदेश सभा प्रतिवद्ध भई काम गरेको उहांले सन्देशमा उल्लेख  गुर्न भएको छ । राज्यले सबै समुदायका भाषा, संस्कृतिको प्रवद्र्धन गर्न सक्छ तर यसको संरक्षण गर्ने जिम्मेवारी सम्वन्धीत समुदायकै हो । तसर्थ विश्भर छरिएर रहनु भएका मगर समुदायको आफ्नो पहिचानलाई जोगाउनु आवश्यक छ । यो दिवसले सबै मगर समुदायलाई एकताको मालामा गांस्न तथा सम्पुर्ण नेपालीहरुमा आपसी मित्रता भाईचारा बन्धुत्व सद्भाव र सहिष्णुताको कायम गर्न पनि महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै पुनः सबै शुभकामना व्यक्त गर्दछु । शुभकामना सन्देशमा सभामुख घर्ती मगरले उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार