मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

तिरुपति स्पोर्ट्स क्लबको अध्यक्षमा भुषाल, प्रशिक्षक बसन्त शाही सम्मानित

Ujyalosandeshonline 12461+ समाचार ( )
१७ फाल्गुन २०८२, आइतबार

भैरहवा ।  तिरुपति स्पोर्ट्स क्लबको नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम शनिबार बुटवलस्थित गुलमोहर रेष्टुरेन्टमा सम्पन्न भएको छ । २०८२ फागुन १७ गते आयोजित एक विशेष समारोहका बीच खेमराज भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

दुई सत्रमा कार्यक्रम सम्पन्न कार्यक्रमको पहिलो सत्रको सभापतित्व निवर्तमान अध्यक्ष राजकुमार गुप्ताले गर्नुभएको थियो भने दोस्रो सत्र नवनिर्वाचित अध्यक्ष खेमराज भुषालको सभापतित्वमा सम्पन्न भएको थियो ।

 कार्यक्रमका प्रमुख अतिथि पूर्व अन्तर्राष्ट्रिय खेलाडी, पूर्व अन्तर्राष्ट्रिय सहायक प्रशिक्षक एवं लुम्बिनी प्रदेशका प्रमुख प्रशिक्षक बसन्त शाहीले तिरुपति स्पोर्ट्स क्लबको ऐतिहासिक भूमिकाको चर्चा गर्नुभयो । उहाँले क्लबले हालसम्म दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गरेर नेपाली खेलकुदमा ठुलो योगदान दिएको बताउँदै निवर्तमान कार्यसमितिको प्रशंसा र नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।

सो अवसरमा प्रशिक्षक शाहीलाई उहाँको अतुलनीय योगदानको उच्च सम्मान गर्दै सम्मान पत्र र नगदसहित विशेष सम्मान गरिएको थियो । यस्तै, क्लबका आजीवन सदस्य संजिव शर्मा रेग्मीलाई पनि कदर पत्र प्रदान गरिएको थियो ।

निवर्तमान अध्यक्ष राजकुमार गुप्ताले घोषणा गर्नुभएको नयाँ कार्यसमितिमा खेल क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको बाहुल्यता रहेको छ । नया कार्यसमितिको अध्यक्ष खेमराज भुषाल, वरिष्ठ उपाध्यक्ष कैलाश गुप्ता, उपाध्यक्ष संजीव जोशी, सचिव प्रिय बन्धु न्यौपाने, कोषाध्यक्ष मनोज भण्डारी, सह-सचिव भूवन राणा, सह-कोषाध्यक्ष कृष्ण कुँवर रहनुभएको छ भने सदस्यहरूमा  सन्तोष भुषाल, हरिस सेठिया, विजय खरेल, प्रेम बेलबासे, शारदा मल्ल, सुजित श्रीवास्तव, पिताम्बर न्यौपाने, विजय ज्ञवाली र दिप आचार्य चयन हुनुभएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य मनोज भण्डारीले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रिय बन्धु न्यौपानेले गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष भुषालले आफ्नो कार्यकालमा क्लबलाई अझ उचाइमा पुर्‍याउने र थप खेलाडी उत्पादनमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार