मुख्य समाचार
पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द | बिमा दाबी गर्न सुनचाँदी चोरीको नाटक | भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित |

‘लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह’

Ujyalosandeshonline 11511+ समाचार ( )
३ कार्तिक २०८१, शनिबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टि गरेको अवस्थामा त्यही मुद्दामा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको ठहर गरेको छ ।

कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति निकालेर न्यायिक निकायको छानबिनलाई सघाउन सधैँ तयार रहेको तर राजनीतिक प्रतिशोध भने कदापि स्वीकार्य नहुने उल्लेख गरेका छन् । बिना कारण, बिना आधार सभापतिलाई पक्राउ गरेर आमनागरिकको सहकारीमा डुबेको ८७ अर्ब रुपैयाँ अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल शुरू भएको समेत रास्वपाले आरोप लगाएको छ ।

गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाइडबडी जस्तो अर्बाैंको घोटालामा आपसी समझदारीमा एकअर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका रास्वपाको आरोप छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार