मुख्य समाचार
विधेयकमा शिक्षकका माग समेट्ने प्रचण्डको प्रतिबद्धता | सर्वसाधारणलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा | पेस्तोलसहित भारतीय नागरिक पक्राउ | पर्साका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित | सडकआश्रित मानवको पुनःस्थापन सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य | बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीको आग्रह | क्रिकेट खेलाडीहरुले नेपालको पहिचान स्थापित गरेका छन् : प्रथम राष्ट्रपति | बैंकिङ् सिस्टममा अराजकत गतिविधिहरु भइरहेको छ : गभर्नर अधिकारी | सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार | रामेछापको उमाकुण्ड गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि पिएसटी अभियान |

सरकारमा गएका मन्त्रीहरुको पद सुरक्षित छैन : मन्त्री यादव

Ujyalosandeshonline 5546+ समाचार ( )
२७ मंगशिर २०८१, बिहीबार

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रीहरुको पद सुरक्षित नरहेको बताएका छन् । बिहीबार खानेपानी, सरसफाई तथा स्वच्छता पैरवी राष्ट्रिय शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले स्थानिय तहका मेयरहरुको पद पाँच वर्षसम्मका लागि  सुरक्षित भए पनि सरकारमा गएका मन्त्रीहरुको पद सुरक्षित नभएको बताएका हुन् । 

उनले भने, ‘नयाँ कुरा केही छैन । राजनीतिकर्मीहरु बुझिहाल्नु हुन्छ । मेयर सापहरुको पद त पाँच वर्षसम्म कसैले हल्लाउन सक्दैन । तर दुई तिहाइको सरकार भएर पनि मन्त्रीहरुको पदको सुरक्षा छैन । पद सुरक्षित छैन । राजनीतिक कुरा हो यस्तो भैइहाल्छ ।’

साथै, उनले राजनीति व्यक्तिहरुले बोलिबचनमा प्रतिबद्घ हुनुपर्ने बताए । उनले आफू जति दिन पदमा बसिन्छ त्यो समयमा इमानदारी पूर्वक काम गर्ने बताए । उनले युवामाथि नागरिकको विश्वास रहेको बताए । साथै राजनीतिक व्यक्तिहरुले जनताको कुरा कार्यान्वयन गर्नकै लागि अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘राजनीतिमा आएका युवाहरुमाथि जनताको विश्वास छ । त्यसैले हामी राजनीति व्यक्तिहरुले बोलिबचनमा प्रतिबद्घ हुनुपर्छ । हामीले जनताको सपना बोकेर राजनीतिमा आउनुपर्छ, र आएका पनि छौं । जनताको कुरा कार्यान्वयन गराउनका निम्ती हामीले अगाडि बढ्नुपर्छ ।’

यसैगरी उनले सरसफाई तथा स्वच्छता पैरवी राष्ट्रिय शिखर सम्मेलन गर्न प्लान गर्नुपर्ने बताए । उनले  हरेक दिन, हप्ता र महिनामा प्लान गरेर शिखर सम्मेलन गर्न सके मात्र सफल हुने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार