मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

यातायात कार्यालय गौरबाट चार करोड बढी राजश्व संकलन

Ujyalosandeshonline 12612+ समाचार ( )
२० माघ २०८१, आइतबार

रौतहट । रौतहटको गौरमा रहेको यातायात व्यवस्था कार्यालय विभिन्न शिर्षकमा चार करोड ६६ लाख ९७ हजार ३ सय ४७ राजश्व संकलन गरेको छ । यातायात व्यवस्था कार्यालय गौरले २०८१ साल श्रावण १ गतेदेखि माघ १८ गते सम्मको राजश्व विवरण सार्वजनिक गरेको हो । 

विवरण अनुसार यातयात क्षेत्रको आम्दानी १३ लाख ६१ हजार ३ सय १८, सवारी साधन कर २ करोड ९९ लाख ५२ हजार २ सय ३३, चालक अनुमति पत्र सवारी दर्ता किताव सम्वन्धी दस्तुर १ करोड ५३ लाख ८३ हजार ७ सय १६ राजश्व संकलन भएको छ ।

यस अवधीमा अन्य प्रशासनिक सेवा शुल्क, अन्य राजश्व, बेरुजु, व्यवसायिक रजिष्टेशन दस्तुरको शिर्षकबाट राजश्व संकलन नभएको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । २०७९ साल फागुन १८ गते यातायात व्यवस्था कार्यालय गौरमा स्थापना भएको हो । कार्यालयबाट सवारी चालक अनुमति पत्र जारी तथा नवीकरण, सवारी किताब दर्ता तथा नवीकरणका लगायतका सेवा प्रदान गर्दै आएको छ ।

विशेषगरी सवारी चालक अनुमति पत्र (लाईसेन्स) लिनका लागि बर्दिबास, जनकपुर, वीरगञ्ज लगायत ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो । गौरमा नै यातायात व्यवस्था कार्यालय खुलेपछि सहज भएको स्थानियहरु बताउँछन् ।यातयात व्यवस्था कार्यालय गौरका प्रमुख जितेन्द्र किशोर गुप्ताका अनुसार सवारी चालक अनुमति पत्रका लागि कार्यालयले नियामनुसार नै लिखित तथा प्रयोगात्मक परीक्षा संचालन गर्दै आएको छ ।

प्राय ःसवारी चालक अनुमति पत्र नविकरण वा नयाँ बनाउनका लागि आउने सेवाग्राहीको कार्यालयमा भिड रहने गरेको उनको भनाई छ ।गौरमा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि उल्लेखनियले सेवा पाउनुका साथै राजश्वमा समेत वृद्धि भएको जनाएको छ । मधेस प्रदेशका प्राय सवै जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार