मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम जारी, डेढ बर्षभित्र सबै काम सकिने

Ujyalosandeshonline 12548+ समाचार ( )
३ जेठ २०८२, शुक्रबार

काठमाडौं । त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम पूर्ण रुपमा सम्पन्न गर्न अझै डेढ बर्ष लाग्ने देखिएको छ । निर्माण कार्य रफ्तारमा भएपनि पूर्ण रुपमा काम सक्न अझै डेढ बर्ष लाग्ने देखिएको हो ।‘हाल ट्याक्सी–वे’, ह्यांगर र अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई पार्किङ क्षेत्र निर्माणको काम जारी छ । नागरिक उड्डयन प्राधिकरण ९क्यान० हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार हाल नियमित हवाइ उडानमा कुनै किसिमको अवरोध नगरी काम भइरहेको छ । 

गत २३ कात्तिकदेखि दैनिक १० घण्टा ९राति १० बजेदेखि बिहान ८ बजेसम्म०उडान–अवतरण बन्द गरेर थालिएको निर्माण कार्यमा असर नपर्ने गरी १९ माघदेखि भने ८ घण्टा मात्र विमानस्थल बन्द गरेर विस्तार गरिएको थियो । तर अहिले विहान ६ बजेदेखि रातको १२ बजेसम्म उडान जारी राखेर काम गरिरहेका छौं,’श्रेष्ठले भने ।

ट्याक्सी–वे विस्तारको काम सकिएपछि त्रिभुवन विमानस्थल बृहत बनाउने गुरुयोजनाअन्तर्गत काम अघि बढाइएको छ । धावनमार्गका दुवै बिन्दुतर्फका समानान्तर ट्याक्सी वे, धावनमार्ग जोड्ने लिंक वे तथा जहाज पार्किङ एरियालाई एप्रोनसँग जोड्ने बाटो र ह्यांगर क्षेत्र निर्माण सकिएपछि ठूलो विमानस्थल सुविधा सम्पन्न हुने श्रेष्ठले बताए । विमानस्थल स्तरोन्नतिको काम सकिएपछि धावनमार्गको क्षमता करिब २० प्रतिशत बढ्ने अनुमान गरिएको छ ।

हालसम्म करिब ७० प्रतिशत बढी काम सकिएको र चाँडै काम सकेर सुविधा सम्पन्न र क्षमतावान विमानस्थल बनाइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको सचिवालयले जनाएको छ । १५ अर्ब रुपैयाँ लागतको परियोजनामा विमानस्थलको स्तरोन्नति भइरहेको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार