मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

भरत तालले चर्चित बागमतीका मेयर थापामाथि भ्रष्टाचार मुद्दा

Ujyalosandeshonline 12548+ समाचार ( )
२८ चैत्र २०८०, बुधवार

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । 

भरत ताल निर्माण गर्न लगाएर चर्चामा आएका उनको आम्दानी र खर्चको हिसाब निकाल्दा ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैया बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दर्ता भएको हो ।

थापाले नगरप्रमुखका रुपमा सार्वजनिक सेवा प्रवेश गरेको २०७४ असोज ७ देखि गत माघ २९ गतेसम्मको अनुसन्धान गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा छ । उनको लगानी र सम्पत्ति १३ करोड २० लाख ३ हजार ३ सय ९१ रुपैयाँ देखिँदा ७ करोड ८६ लाख ५० हजार रुपैयाँको मात्रै वैधानिक स्रोत खुल्न आएको आयोगको दाबी छ । 

‘वैधानिक आयलाई उनले गरेको कुल व्ययसँग तुलना गर्दा आयस्रोत र आर्जन गरेको सम्पत्तिबिच तादाम्यता देखिन नआई ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैया बरावरको सम्पत्ति ऋणात्मक देखिएको’ आयोगले जनाएको छ । सार्वजनिक पद धारण गरेका थापाले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबी आयोगको छ । 

मुद्दामा आयोगले थापाकी श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाई रामकुमार थापा र बुहारी द्वारीका राउतलाई पनि प्रतिवादी बनाएको । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार