मुख्य समाचार
मर्चवारको श्रीराम माविमा लैंगिक हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न | भ्रष्टाचारीलाई श्रम संस्कृति पार्टीमा कुनै स्थान छैन : अध्यक्ष राई | घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट बढी काठ | प्रहरी नेतृत्वको 'भर्चुअल' ब्रिफिङ: तस्करी रोक्नेदेखि चुनाव सुरक्षासम्मको निर्देशन | मर्यादित महिनावारी मानव अधिकार र सामाजिक न्यायको अनिवार्य ‘एजेन्डा’ हुनुपर्छः सञ्चारमन्त्री खरेल | शान्ति पुनर्स्थापना गृहको कामको सरोकारवालाद्वारा अनुगमन, समन्वय र सचेतनामा जोड | एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो | भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित | सरकारले ‘जेनजी’ प्रदर्शनका घाइतेहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने | गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल |

युक्रेनलाई रुस विरुद्ध लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति सँगै विश्वभर तरंग

Ujyalosandeshonline 9674+ समाचार ( )
४ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्रप्रहार गर्न अनुमति दिएपछि विश्वभर यसको तरंग उत्पन्नभएको छ । कार्यकाल सकिन २ महिनामात्रै बाँकी रहेका बेला बाइडेनले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्न अनुमति दिएका हुन् ।

बाइडेनको अनुमतिपछि रुसले कडा प्रतिक्रिया भने दिएको छ । रुसको विदेश मन्त्रालयले आफ्नो भूभागमा लामो दूरीको क्षेप्यास्त प्रहार भएमा ‘उपयुक्त र ठोस कदम’चाल्ने प्रतिक्रिया दिएको हो ।  रूसले अमेरिकी कदमलाई ‘आगोमा घ्यु थप्ने’ काम भएको टिप्पणी गरेको छ । 

विदेश मन्त्रालयले यस्तो कदमलाई ‘संयुक्त राज्य अमेरिका र यसको साझेदारहरू रूस विरुद्धको युद्धमाप्रत्यक्ष संलग्नता’हुने पनि बताएको छ । 

राष्ट्रपति जो बाइडेनले रूसमायुक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिँदा राष्ट्रपति निर्वाचित डोनाल्डट्रम्पलाई यसबारे परामर्श गरे या नगरिएको भने केहीखुलेको छन । ट्रम्पले आफ्नो चुनावी अभियानमै रूस–युक्रेन युद्धअन्त्य गर्ने बताएकाथिए ।

यसअघि, अमेरिकाका सहयोगीहरूले युक्रेनलाई क्षेप्यास्त्र प्रयोग गरेर रूसमा आक्रमण गर्न प्रतिबन्ध लगाएका थिए । रुस युक्रेन युद्ध सुरु भएको १ हजार दिन पुगेका बेलाबाइडेनको निर्णय आएको हो ।

युद्धको क्रममारूसले युक्रेनीऊर्जा संरचनाहरूमा तीव्र आक्रमण गर्दै ब्ल्याक आउट र जनधनको क्षति पु¥याएको छ । ओडेसामा सोमबार भएको आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै करिब ५० जनाघाइते भएको बीबीसीले लेखेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार