मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

नागढुंगा–मुग्लीन सडकमा जनतालई सास्ति, सरकारको ध्यानाकर्षण

Ujyalosandeshonline 12334+ समाचार ( )
१८ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं । नागढुङ्गा – मुग्लीनसडक खण्डको अस्त व्यस्तताले जनतालाई सास्ति भएको भन्दै पहिला देश (नेसन फर्सट) ले सरकारको ध्यानकर्षण गराएको छ । 

नेसन फर्सटले पत्रकार सम्मेलनको आयोजना गरी मंसिर २१ र २२ गते जनसंवाद तथा सद्भावना यात्रा गर्ने जानकारी दिएको छ ।

सो सडक खण्डको निर्माण कार्यलाई समयमा काम नगरी जनतालाई सास्ति दिएको नेसन फर्सट अभियानका संयोजक डा.नन्द प्रसाद कप्रीले बताएका छन् । 

कप्रील काम सुरु भएको ३ वर्ष वितिसक्दा पनि २५ प्रतिशत पनि काम नसकेकोले सरकारलाई ध्यानकर्षण गराउँदै आफूहरुले जनचेतनामुलक अभियान थालेको बताएका छन् । 

आफूहरुले अनुगमन र निरिक्षण गर्दा सडकमा चलेको मनपरीले अस्तव्यस्त बनाएकोप्रति चिन्ता व्यक्त गर्दै डा.कप्रीले भने,‘सरकार भाषँण र सपनाका पुन्तर बाँढ्न व्यस्त छ, तर जनताको पीडा र दर्दमा ध्यान दिइरहेको छैन् ।’

अधिवक्ता स्वागत नेपालले सरकारले मुग्लीन–नागढुंगा सडक खण्डको बेहाल आवस्थालाई समयमै ठिक पार्ने अभियान चलाउने संस्थालाई धन्यबाद दिँदै भने,‘यहाँहरुले नितान्त नयाँ अभियान चलाउनुभयो, खुसि लाग्यो यसमा मेरो पनि साथ छ ।’ 

नेपालले विदेशबाट आउने अनुदानलाई देश र जनताको वृत्ति र विकासमा लाउनुको सट्टा सत्ता टिकाउन प्रयोग गरिरहेको आरोपसमेत लगाएका छन् । नेपालले पछिल्लो समय ओली सरकार आउने वित्तिकै देशले ठूलो ऋणको भारी बोकेको तर जनताको लागि भन्दा नेता तथा कार्यकर्ता पाल्न दुरुपयोग भएको आरोप लागाए ।

लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीले वित्तिय शोषण व्यापक भएको बताएका छन् । ज्ञवालीले पुनर्निमाण प्राधिकरण र ठेक्का पट्टामा ५० प्रतिशत रकम भ्रष्टाचार हुने गरेको बताउँदै भने,‘हामीसँग प्राधिकरणको भ्रष्टाचारको फाईल छ, ठेक्का पट्टामा झोले तथा पेटी ठेकेदारहरु तयार गरी चरमरुपमा देश लटिरहेका छन् ।’

सो अभियानका सहसंयोजक एस पी शाहले समयमै निर्माण कार्यलाई सम्पन्न गराउन दबाब दिन मंसिर २१ र २२ गते जनसंवाद एवं सद्भावना यात्रा गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । 

इन्जिनियर कविल विक्रम शाहीले देशको भौतिक विकासका हरेक कार्यलाई अर्थोपार्जनको विषयमा केन्द्रीत गरिनुको परिणाम सो सडक खण्डमा समस्या आएको बताए ।

अभियानका उपसंयोजक सुनिता पाख्रिन, विषणुप्रसाद ओझालगायत उपस्थित सो कार्यक्रमलाई सचिव नारायणहरि तिवारीले सञ्चलन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार