मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

मकवानपुर जिल्ला लिग फुटबल भदौ ७ गतेबाट

Ujyalosandeshonline 12611+ समाचार ( )
१३ श्रावण २०८१, आइतबार

हेटौँडा ।  मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता आगामी भदौ ७ गतेबाट हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको शनिबार बसेको कार्यसमितिको बैठकले जिल्ला लिग फुटबल प्रतियोगिताको भदौ ७ गतेबाट गर्ने निर्णय गरेको संघका महासचिव छवि सुवेदीले जानकारी दिए ।

आर्थिक वर्ष २०८०।८१ मा एन्फा मकवानपुरमा नवीकरण गरेका क्लबले जिल्ला लिग प्रतियोगितामा सहभागिता जनाउने महासचिव सुवेदीले बताए । प्रतियोगितामा २८ वटा क्लबबाट ३५ बर्ष भन्दा कम उमेर समूहका खेलाडीहरु सहभागी हुन पाउने उनले बताए । 

बैठकले प्रतियोगिता दुईवटा खेलमैदानमा खेलाउने निर्णय गरेको छ । हेटौंडा–११, थानाभ¥याङस्थित खेलमैदान र हेटौँडा–६ स्थित गौरिटार रंगशाला र हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामध्ये दुई वटा खेलमैदानमा लिगका खेलहरु खेलाइने महासचिव सुवेदीले बताए ।

जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि विजेता टिमले असोज महिनामा हुने बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा सहभागी हुन पाउनेछन् । २०७६ सालको कोरोनापछि हालसम्म जिल्ला लिग आयोजना हुन सकेको छैन । त्यसलाई एन्फा मकवानपुरले निरन्तरता दिन लागेको हो ।

प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । यसअघि भएको मकवानपुर जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्र्पोटर्स एकेडेमी उपविजेता बनेको थियो ।

प्रतियोगिताको खेल तालिका केही दिनमा सार्वजानिक गरिने जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता शुल्क ७ हजार रुपैयाँ तोकिएको छ । प्रतियोगिता आयोजनाका लागि १२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार