मुख्य समाचार
सिरुवारी पहिरो | सशस्त्र प्रहरी गुल्म डण्डाको सक्रियता: तीन महिनामा पौने तीन करोडको अवैध सामान बरामद | संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’ | भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान | रोल्पामा पहिरोले घर/गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन बाँकी | बाजुराको सदरमुकाम मार्तडीमा आयोजित र्‍याली | बाल सुधारगृहको विस्तृत अवस्था प्रतिवेदन पेस गर्न निर्देशन | युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छः सभापति लामिछाने | ‘निर्वाचन प्रहरीको पोसाक खरिद पारदर्शी छ’ | चेसिस नम्बर टेम्पर गरिएका टिप्पर र ट्रयाक्टर नियन्त्रणमा, कारबाहीका लागि यातायात बुझाइयो |

सशस्त्र प्रहरी गुल्म डण्डाको सक्रियता: तीन महिनामा पौने तीन करोडको अवैध सामान बरामद

Ujyalosandeshonline 12020+ समाचार ( )
२८ श्रावण २०८३, बिहीबार

रुपन्देही । सशस्त्र प्रहरी नायव उपरीक्षक गोपि कृष्ण भट्टराईले सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देहीको कमान्ड सम्हालेको करिब तीन महिनाको अवधिमा रु. २ करोड ७१ लाख बराबरको अवैध सामान बरामद गरिएको छ। भन्सार छली गरी अवैध रूपमा भित्र्याइँदै गरिएका विभिन्न किसिमका लत्ताकपडा, कस्मेटिक आइटम, खाद्य पदार्थ तथा हार्डवेयरका सामानहरू बरामद गरी आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको हो।

गत २०८३ जेठ ९ गते डण्डा गुल्ममा हाजिर भएका प्रहरी नायव उपरीक्षक भट्टराईको नेतृत्वमा सीमा क्षेत्रमा निगरानी र गस्ती तीव्र पारिएपछि छोटो अवधिमै ठूलो परिमाणमा राजस्व चुहावट नियन्त्रण गर्न सफलता मिलेको छ। सीमा पार अपराध र अवैध पैठारी नियन्त्रणमा गुल्मले देखाएको यो सक्रियताले राजस्व संकलनमा समेत उल्लेख्य योगदान पुर्‍याएको छ। 

सशस्त्र प्रहरीको बढ्दो सक्रियताका साथै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको व्यवहारमा आएको परिवर्तनले स्थानीयवासीसमेत उत्साहित बनेका छन्। ड्युटीमा खटिने प्रहरी जवानहरूले सर्वसाधारण र स्थानीयसँग अपनाएको नागरिकमैत्री बोलीचाली र शिष्ट व्यवहारको स्थानीय स्तरमा प्रशंसा भइरहेको छ। 

कडा सुरक्षा व्यवस्थाका बीच पनि नागरिकसँग सुमधुर सम्बन्ध कायम राख्दै अवैध धन्दा रोक्न सशस्त्र प्रहरीले खेलेको भूमिकाले सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा र कानुनी राज्यको अनुभूति गराएको स्थानीयवासीको भनाइ छ। आगामी दिनमा पनि सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउँदै राजस्व चुहावट शून्यमा झार्ने लक्ष्यका साथ जनशक्ति परिचालन गरिएको गुल्मले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार