मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

प्रधानमन्त्रीलाई काँग्रेसको ३४ बुँदे ध्यानाकर्षण, कोषमा पचास लाख

Ujyalosandeshonline 12334+ समाचार ( )
२० अशोज २०८१, आइतबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवासहितको टोलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ५० लाख हस्तान्तरण गरेको छ ।आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीलाई भेटेरसभापति देउवाले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालिनरुपमा गर्नुपर्ने कामबारे३४ बुँदे सुझावपत्र तथा चेक हस्तान्तरण गरेका हुन् । 

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव मननीय भएको बताए । उनले विपदले कुनै जात, उमेर र धर्म नभनी सबैलाई संकटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ (लिड) गर्ने विश्वास दिलाए ।

नेपाली कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्व तयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह गरेको छ । सो अवसरमा गृहमन्त्री रमेश लेखक, दलका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा लगायत सहभागी थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार