मुख्य समाचार
मर्चवारको श्रीराम माविमा लैंगिक हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न | भ्रष्टाचारीलाई श्रम संस्कृति पार्टीमा कुनै स्थान छैन : अध्यक्ष राई | घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट बढी काठ | प्रहरी नेतृत्वको 'भर्चुअल' ब्रिफिङ: तस्करी रोक्नेदेखि चुनाव सुरक्षासम्मको निर्देशन | मर्यादित महिनावारी मानव अधिकार र सामाजिक न्यायको अनिवार्य ‘एजेन्डा’ हुनुपर्छः सञ्चारमन्त्री खरेल | शान्ति पुनर्स्थापना गृहको कामको सरोकारवालाद्वारा अनुगमन, समन्वय र सचेतनामा जोड | एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो | भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित | सरकारले ‘जेनजी’ प्रदर्शनका घाइतेहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने | गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल |

स्याउ उत्पादनमा कमी, सरकारी अनुदानले कृषकलाई राहत

Ujyalosandeshonline 9674+ समाचार ( )
२१ माघ २०८०, आइतबार

मुगु । हिमाली जिल्ला मुगुको स्याउ उत्पादन पकेट क्षेत्र मनिने छाँयानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिका भित्रका किसानको स्याउ उत्पादनमा ह्रास आएको छ । स्याउ उत्पादनमा कमी आएपनि सरकारले कृषकलाई दिएको अनुदान र बीमा रकम पाएपछि कृषक हर्षित बनेका छन् ।

समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकता भन्दाबढी असिना र पानी परेकाले यो वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत गिरावट आएको कृषकहरुको भनाई छ । उक्त पालिकामा कम्तीमा ३० बोटदेखि तीनसय बोट स्याउ लगाउनेसम्मका किसान छन् । स्याउ उत्पादनमा क्षति भएपनि किसानले बीमा गरे बापतको रकम भुक्तानी पाएपछि राहत महशुस भएको बताउँछन् ।

पछिल्लो समय स्याउ उत्पादन गर्नेदेखि अन्य कृषकमा समेत बीमा प्रति आकर्षण बढ्दै गएको स्थानीय बताउँछन् । स्याउ फल्ने फूल्ने समयमै छाँयानाथ रारा नगरपालिका भित्रका ताल्च, कालापाल्त, पिना, बाम, तुम, शोभा, रोवा, घट्टलेख, छैला, चिमालगायतका विभिन्न क्षेत्रका किसानले स्याउको बीमा गराइसकेका थिए । बीमा गराउनेमा उक्त क्षेत्रका ५ सय ४७ जना कृषकहरु रहेको तथ्यांक छ ।

छाँयानाथ रारा नगरपालिका ६ का गोबिन्द बमले १ सय ६० बोट स्याउको बीमा समयमै गराएको बताए । स्याउ उत्पादन नभएपनि बीमा बापत रकम पाएपछि उनी खुसी लागेको बताउँछन् । गरिब किसानलाई सरकारको अनुदान र बीमाले फाइदा पुगेको धारणा रारा नगरपालिका १० का रामकृष्ण सेजुवालको छ ।

यस्तै, पाँच हजार बर्ग क्षेत्रफल भित्र दुई सय भन्दा बढी स्याउको बिरुवा लगाएर स्याउ खेती गर्दै आएका छाँयानाथ रारा नगरपालिका ४ का जयलक्ष्मी भामले लगाएको बगानमा उत्पादन नभएको बताए । असिना पानी र बेमौसमी वर्षात्ले स्याउ उत्पादन निकै घटेको बताएका उनले गत वर्षको चौततिर ८ हजार ५ सय तिरेर १ सय ६० बोट स्याउको बीमा गराएकाले उत्पादन नभए पनि राहत पाए । उनले बीमा बापत ४० हजार ४ सय रुपैयाँ बीमा कम्पनीबाट लिएको सुनाउँछन् । समयमै बीमा गर्दा उत्पादन नभएपनि किसानलाई बीमाले निकै राहत दिएकोले यो वर्ष पनि आफू बीमा गर्ने तयारी गरिरहेको उनी बताउँछन् ।

उनले भने, ‘हामी किसानका लागि स्याउ बीमा धेरै राम्रो रहेछ । गत वर्ष आठ हजार पाँच सय तिरेर बीमा गराएको थिए । तर उत्पादन शून्य नै भयो । केही आम्दानी गर्न सकेनौं । बीमाले राहत भयो । यो वर्ष पनि बीमा गराउने तयारीमा छु ।’

मुगुको स्याउ उत्पादनमा पकेट क्षेत्र मानिने छाँयानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालका भित्रका विभिन्न क्षेत्रका कृषकले शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडको मुगु शाखामा स्याउको बीमा गराउँदै आएका छन् ।

गतवर्षको बेमौसमी वर्षत्ले कसैको बोटमा स्याउको दानै फल्न सकेन भने स्याउ फलेकाहरुको पनि ४० प्रतिशत उत्पादनमा गिरावट देखिएको शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड मुगुका शाखा प्रमुख लोकेन्द्र भण्डारी बताउँछन् ।

भण्डारीका अनुसार सोही आधारमा मुगुका ५ सय ४७ जना कृषकहरुले लगाएका ९० हजार भन्दा बढी स्याउका बोटको बीमा गराएबापत बिमीतलाई १ करोड ८० लाख भन्दा बढी रकम भुक्तानी गरिसकिएको छ ।

‘रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिका गरी हामीले ९० हजार बोटको स्याउ खेती बीमा कृषकले गरेका थिए । यो वर्ष उत्पादनमा भएको ४० प्रतिशत क्षतिको आधारमा हामीले कूल एक करोड ८० लाखको हाराहारीमा किसानलाई भुक्तानी गरिराखेका छौं,’ प्रमुख भण्डारीले भने ।

स्याउ खेती बीमा अन्र्तगत सरकारले किसानलाई ८० प्रतिशत अनुदान दिँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार