मुख्य समाचार
ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै |

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

Ujyalosandeshonline 12618+ समाचार ( )
१७ श्रावण २०८३, आइतबार

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वबीच विवाद भइरहँदा दुवै पक्षलाई जोड्नुपर्छ भन्ने अभियानले यही साउन २० गते राजधानीमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ । ‘देश र कांग्रेस जोड्ने अभियान’ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस एक हुनुपर्छ भन्ने पक्षधरका नेता कार्यकर्ता को भेला राजधानीमा आयोजना गर्न लागिएको जानकारी दियो । पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य समेत रहनुभएका कांग्रेस नेता रञ्जित कर्णले पार्टी सभापति गगनकुमार थापा र शनिबार चुनदेवीको पत्रकार सम्मेलनबाट संयोजक घोषणा गरिनुभएका डा शशाङ्क कोइराला पार्टी एक बनाउन लाग्नुपर्ने बताउनुभयो । 

पूर्व केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रियता कमजोर हुने गरेकाले कांग्रेसलाई एक बनाउन दबाब दिने उद्देश्यले साउन २० गते भेला गर्न लागिएको जानकारी दिनुभयो । पार्टी एकताको आवश्यकता देखेर कांग्रेस जोड्ने अभियान आजैदेखि सुरु गरिएको उहाँले बताउनुभयो । भेलामा सहभागी हुन एक हजार ३५९ प्रतिनिधिले नाम दर्ता गराएका नेता महरले बताउनुभयो । कार्यक्रममा तनहुँको भानु नगरपालिकाका नगरप्रमुख आनन्द त्रिपाठीले कांग्रेस एक बनाएर देश र कांग्रेस जोड्ने अभियानमा साथ दिन देशभरका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार