भैरहवा । मनाव वेचविखन विरुद्द जनचेतना फैलाउने र वेच विखनमा परेका चेलीहरुको उद्दार गर्ने उद्देश्य सहित स्थापना भएको माइती नेपालको रुपन्देही कार्यालयद्वारा चालू आर्थिक वर्षमा १८८ जना चेलीहरुको उद्दार गरेको छ ।
माइती नेपाल, रुपन्देहीले शुक्रबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो वार्षिक प्रगती सार्वजनिक गरेको छ । माइती नेपाल रुपन्देहीको प्रमुख माया क्षेत्रीले चालू आर्थिक वर्षमा भारतका विभिन्न ठाउबाट १३ जनाको उद्दार गरेको बताईन । सीमामा राखिएको परामर्श केन्द्रबाट ६ हजार ४५ जनालाई परामर्श सेवा, जिल्ला प्रशासनको परामर्श केन्द्रबाट १० हजार ९० जनालाई परामर्श प्रदान गरिएको बताइन । एक वर्षमा ५ हजार ९ सय २७ थान प्रर्चा पम्प्लेट वितरण गरिएको छ । खोजतलास सम्वन्धी २६ जनाको निवेदन परेकोमा ३ जना फेला परेका छन । घरेलु हिंसा सम्वन्धी ११ जनाको निवेदन परेको र यस वर्ष ४ हजार १ सय ९ वटा सार्वजनिक यातायात सेवालाइ चेकजाच गरिएको उनले बताइन ।
रुपन्देहीको सीमा नाका हुँदै भारत तर्फ जाने अधिकांश चेलीबेटीहरु मध्ये अधिकांश मानव वेचविखन तथा ओसार पसारको समस्यामा १८-२५ वर्ष उमेर समुहका वढी रहेको पाइएको क्षेत्रीले बताइन । जातिय हिसावले जनजाति बढीरहेको र शिक्षाका हिसावले सामान्य लेखपढ तथा प्राथामिक शिक्षा मात्र हासिल गरेकाहरु बढी मात्रामा रहेको पाइएको उनले बताइन । आर्थिक हिसावले आर्थिक अवस्था कमजोर तथा ऋणमा रहेकाहरु भारत जान इच्छुक रहेको पाइएको उनले बताइन । परिवारिक हिसावले घरेलु हिंसाबाट प्रभावित श्रीमान र परिवार वाट सहयोग नपाएकाहरु वढी मात्रामा रहेको पाइएको उनले बताइन ।
क्षेत्रीले रुपन्देहीबाट पनि भारत जाने चेलीबेटीहरुको उल्लेख्य संख्यामा उद्दार गरिएको उनले बताइन । यस अवधिमा रुपन्देहीका विभिन्न क्षेत्रका ३३ जनाको उद्दार गरिएको छ । जसमा सिद्धार्थनगर नगरपालिकाका ३ जना, तिलोत्तमा नगरपालिकाका ४, बुटवल उप-महानगरपालिकाका ४, सैनामैना नगरपालिका ६, ओमसतिया गाउँपालिकाका ३, मर्चवारी गाउँपालिकाको १ जना, सम्मरीमाई गाउँपालिकाकाको २, सियारी गाउँपालिकाको १ जना, रोहिणी गाउँपालिकाको २, कञ्चन गाउँपालिकाको २, देवदह नगरपालिकाको ३ जना, गैडहवा गाउँपालिकाको १ जना र लुम्बिनी साँस्कृतिक नगरपालिकाको १ जनाको उद्दार गरिएको छ ।
चेलिबेटी बेचबिखन विरुद्ध जनचेतना फैलाउने र सामाजिक जागरणको अभियान संचालन गर्ने उद्देश्य सहित २०४९ सालमा माइती नेपाल रुपन्देहीको स्थापना भएको हो । अहिले संस्थाले विभिन्न तहमा विभिन्न प्रकारका छलफल, अन्तरकृया र गोष्ठीहरु आयोजना गरेर चेलीबेटी बेर्चावखनविरुद्ध जनवकालत गर्ने, जनमत जुटाउने र सामाजिक दबाब सिर्जना गर्ने कार्य गर्दै आएको छ । बेचिने खतरामा रहेका चेलीहरुलाई विभिन्न प्रकारका जागरणमूलक तथा सीपमूलक तालिम एवं प्रशिक्षण दिने, बेचिएका चेलीहरुलाई उद्धार गरेर स्वदेश फर्काउने र उनीहरुको पुनस्थापना गर्ने लगायतका काम संस्थाले गर्दै आएको उनले बताइन ।