मुख्य समाचार
मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा | बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण |

भैरहवा मदिरा व्यवसायी संघद्वारा तीज मिलन कार्यक्रम

Ujyalosandeshonline 11086+ समाचार ( )
८ भाद्र २०८१, शनिबार

भैरहवा । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले तीज मिलन कार्यक्रम गरेको छ । संघले भैरहवामा उक्त कार्यक्रम गरेको हो । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा कार्यक्रम गरिएको मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष बाबुराम पाण्डेले बताए ।

उनले भने, ‘२०७७ सालमा यो संस्थाको स्थापना भएको हो । संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । तीज मिलन कार्यक्रम पहिलोपटक गरेका हौं ।’

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालले नारीहरुको महान पर्व तीजको अवसरमा शुभकामना व्यक्त गरिन् । उनले पुरुष र महिला बराबर भएको बताइन् ।  डीएसपी खनालले भनिन्, ‘आफ्नो स्वास्थ्यको ख्याल गरौं । स्वास्थ्य नै मानिसको सबैभन्दा ठूलो धन हो ।’

त्यस्तै विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिकाको शिक्षा अधिकृत जानह्वी पाण्डेले तीज मिलन कार्यक्रम गरेर महिला दिदीबहिनीहरुसँग भेटघाट गर्ने अवसर प्रदान गरेको भन्दै मदिरा व्यवसायी संघ भैरहवालाई धन्यवाद दिइन् । उनले संस्कृतिको संरक्षणमा चाडपर्वहरुको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिइन् ।

मदिरा व्यवसायी संघ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले संघले व्यवसायीको हकहितमा काम गर्नुका साथै सामाजिक एवं रचनात्मक कार्य पनि गर्दै आएको बताए। कार्यक्रम संयोजक एवं संघका कोषाध्यक्ष विनोद आचार्यको स्वागत तथा प्रजिना आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । मदिरा व्यवसायी संघ भैरहवाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने संघका वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डेले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार