रौतहटमा आगलागि हुँदा २५ घर जलेर नष्ट

Ujyalosandeshonline 11431+ समाचार ( )
१५ पौष २०८१, सोमबार

रौतहट । रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ५ स्थित पासवान टोलमा आगलागि हुँदा २५ भन्दाबढीफुसको घरजलेर नष्टभएको छ । 

स्थानिय बाबुलाल हजराको घरमा विद्युत सर्ट भइ आगोबाट हजरा नजिकै रहेको दिपेन्द्र पासवान, प्रदिप पासवान, रामनाथहजरा सहितका घर पूर्ण रुपमा जलेको छ  ।

आगलागि भएको खवर पाउन साथ प्रहरी चौकी ब्रम्ह्पुरी, सशस्त्र प्रहरीको विओपी बेल विछवा र गौर नगरपालिकाको बारुण यन्त्र घटना स्थल पुगेको थियो । आगो मध्यराति लागेका कारण क्षति बढी भएको प्रहरीले अनुमान गरिएको छ । घरमा राती सुतेको बेलामा आगो लागि भएकाले सर सामान निकाल्न नपाएको प्रहरीले बताएको छ । 

यधपी मानबिय क्षति नभए पनि लताकपड़ा , अन्न लगायत जलेको प्रहरीले जानकारी दिएको छ । आगो लागिबाट के कति क्षति भएको छ सो को विवरण संकलन भै रहेको जिल्ला प्रहरी कार्यलय  रौतहटले जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार