मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

प्रधानमन्त्री कप क्रिकेट :
शसस्त्र प्रहरी र कर्णाली प्रदेशको जीत

Ujyalosandeshonline 11005+ समाचार ( )
७ चैत्र २०८१, शुक्रबार

भैरहवा । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शसस्त्र प्रहरी र कर्णाली प्रदेशले जीत निकालेका छन् । शसस्त्र प्रहरीले सुदूर पश्चिमलाई ३ विकेटले पराजित गरेको छ भने कर्णाली प्रदेशले मधेश प्रदेशलाई ८१ रनको अन्तरले पराजित गरेको छ । 

भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा १९२ रनको लक्ष्य सहित मैदान छिरेको शसस्त्र प्रहरी ३६.३ ओभरमा ७ विकेट गुमाउदै उक्त लक्ष्य हासिल गरेको थियो । शसस्त्रका लागि सन्दिप जोराले ५१ रन, आसिफ शेषले ३२ रन र लोकेश बमले १९ रन बनाए । 

बलिङमा सुदूरका शेर मल्ल विकास अग्री र नारायण जोशीले समान २/२ विकेट लिए । 

यस अघि टस जितेर ब्याटिङको रोजेको सुदूरपश्चिमले ४८.५ ओभरमा आफ्नो सबै विकेट गुमाउदै १९१ रन बनाएको थियो । सुदूरका लागि निश्चल क्षेत्रीले अर्धशतकिय पारी खेल्दै  ५७ रन बनाए । यस्तै प्रकाश पाण्डेले ४२ रन र किरण ठगुन्नाले १२ रन बनाए । 

बलिङमा शसस्त्र प्रहरीका रोहित पौडेल र अमर रौटेलाले समान ३/३ विकेट लिदा भुवन कार्की २ विकेट र अभिषेक गौतमले १ विकेट पाए । 

यस संगै शसस्त्र प्रहरी ६ खेलमा ४ मा जित २ मा हार सहित ८ अंक लिएर प्रतियोगिताको तेश्रो स्थानमा उक्लेको छ भने ७ खेल खेलेको सुदूर पश्चिम २ वटा मात्र खेल जितेर ४ अंकका साथ सातौं स्थानमा झरेको छ । 

शुक्रबार नै सम्पन्न अर्को खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशलाई ८१ रनले पराजित गरेको छ । रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा २२१ रन पछ्याएको मधेश प्रदेश ३५.२ ओभरमा आफ्ना सबै विकेट गुमाउदै १३९ रनमै सिमित भएको थियो । मधेशका लागि रुपेश सिंहले ३० रन, बिशाल पटेलले २५ रन, हरिशंकर साहले १८ रन र शैलेन्द्र साहले १० रन बनाए । 

बलिङमा कर्णाली प्रदेशका दिनेश अधिकारीले ४ विकेट र दिपेन्द्र रावतले ३ विकेट लिए भने र प्रकाश जैसीले २ विकेट र सुनिल धमलाले १ विकेट लिए । 

यस अघि टस जितेर पहिला ब्याटिङ गर्दै कर्णालीले ४९.१ ओभरमा सबै विकेट गुमाउदै २२० रन बनाएको थियो । कर्णालीका लागि दिपेन्द्र रावतले ६१ रन बनाए । यसै गरि अर्जुन घर्तिले २६ रन, दिनेश अधिकारीले २४ रन, प्रकाश जैसीले २० रन बनाए । 

बलिङमा मधेश प्रदेशका रुपेश सिंह, रञ्जित कुमार, हरिशंकर साह, कमल गुप्ता र अनिल साहले समान २/२ विकेट लिए । 

७ खेल खेलेको कर्णाली ४ मा जित सहित ८ अंक जोडेको छ भने ६ खेल खेलेको मधेशले २ वटामा मात्र जित निकाल्दै ४ अंक प्राप्त गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार