मुख्य समाचार
दीप प्रज्वलन | पृथ्वी राजमार्ग खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने | कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री | भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला | रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा | आन्तरिक क्षमतामै विश्वास गर्दै उद्धारमा अन्तरराष्ट्रिय टोली नबोलाइएको सरकारको स्पष्टोक्ति | भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने | अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी | चौघेरा मठको संरक्षणमा प्रदेश सरकारको योगदान रहन्छ : मुख्यमन्त्री आचार्य | विद्युत् आपूर्ति नियमित हुँदै |

मोहन पौडेलको अध्यक्षतामा नेपाल स्वयमसेवी रक्तदाता समाज, पश्चिम नवलपरासी गठन

Ujyalosandeshonline 12176+ समाचार ( )
१८ श्रावण २०८२, शनिबार

परासी। पश्चिम नवलपरासीमा स्वयमसेवी रक्तदाताहरूको छाता संगठन 'नेपाल स्वयमसेवी रक्तदाता समाज' को जिल्ला शाखा गठन गरिएको छ । परासीमा आयोजित सामाजिक अगुवा तथा रक्तदाताहरूको भेलाले मोहन पौडेलको अध्यक्षतामा ११ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको हो ।

समाजका केन्द्रीय अध्यक्ष तथा नेपालमा सबैभन्दा धेरै पटक (१८३ पटक) रक्तदान गरी कीर्तिमान कायम गर्नुभएका प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले समितिको उपाध्यक्षमा प्रभा ज्ञवाली, सचिवमा पुष्पा लामा र कोषाध्यक्षमा बालकृष्ण भण्डारीलाई चयन गरेको छ । त्यसैगरी, समितिका सदस्यहरूमा सीता कुँवर, दामोदर देवकोटा, डिल्लीराम काफ्ले, प्रकाश खनाल, गुड्डु गुप्ता लगायत रहनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष पौडेलले समितिले जिल्लामा रक्तदान सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बिरामीहरूको अवस्थाअनुसार रगत उपलब्ध गराउन सहजीकरण गर्ने र रक्त सञ्चार सेवालाई सहयोग गर्ने जस्ता अभियानहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कर्माचार्यले १८ वर्ष पुगेका हरेक स्वस्थ व्यक्तिलाई रक्तदान गरी मानवीय सेवामा समर्पित हुन आह्वान गर्नुभयो । उहाँले रक्तदान गर्दा कमजोरी हुन्छ भन्ने भ्रम मात्र भएको बताउँदै आफूले १८३ पटक रक्तदान गर्दा पनि स्वस्थ रहेको उदाहरण प्रस्तुत गर्नुभयो । "रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो," कर्माचार्यले भन्नुभयो, "यसै अभियान अन्तर्गत पश्चिम नवलपरासी समाजको शाखा गठन हुने ४४ औं जिल्ला बनेको छ ।"

रक्त सञ्चार केन्द्र नवलपरासीका संयोजक सुरज केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरी, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी, नागरिक समाजका अगुवाहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले रक्तदानको महत्त्व र यसमा रक्तदाताहरूको भूमिकाबारे आ-आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार