मुगुका स्थानीय तहमा भोटे र नेपाली भाषाका पाठ्यपुस्तक

दान बहादुर बुढा 45+ समाचार ( )
२२ पौष २०८१, सोमबार

मुगु । मुगुमा रहेको एक नगरपालिका र तीन गाँउपालिका गरी चार स्थानीय तह मध्य बौद्व(भोटे) समुदायको बाक्लो बसोबासलाई मध्यनजर गर्दै स्थानीय विद्यालयहरुमा भोटे र नेपाली पाठ्यक्रम लागू गरिएको छ ।

नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई जिम्मा दिए अनुसार मुगमकामारोगाँउपालिकामाले भोटे र नेपाली भाषामा पाठ्यपुस्तक निर्माण गरी पठनपाठनमा सन्चालनमा ल्याएको हो । 

पालिकामा ९० प्रतिशत बौद्व(लामा)धर्मावलम्बी र १० प्रतिशत हिन्दुहरुको वाहुल्यता रहेकाले १७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुको पठनपाठनमा सहजताको लागि स्थानिय खस नेपाली भाषा र बौद्व(लामा) भाषामापाठ्यक्रम तयार गरेको हो । 

यसमध्ये कक्षा २र३ को पाठ्यपुस्तक निर्माणको तयारी भइरहेको छ । नेपाली भाषा पढ्न समस्या भएको सुनाउँदै स्थानीय विद्यार्थी छेन्डेल्मा लामाले भोटे भाषाका कारण हाललाई सहज भएको बताइन । पालिकामा खसान र भोटेहरुको बसोबास भएकाले भोटे समूदायका बच्चाहरुलाई नेपाली भाषा पठनपाठनमा समस्या आउने गरेको स्थानीय अभिभावकहरुको भनाइ छ ।

हिन्दु र बौद्व धमालम्वीहरुको भूगोल, कला, संस्कृति,जडिबुटी, स्थानीय रैथाने अन्नबाली,भेषभुषा, इतिहास, भाषा, धर्म, स्वास्थ्य, सरसफाई, पर्यावरण, पेसा–व्यवसाय, विपद् व्यवस्थापन तथा जीवनउपयोगी सीप समेटेर हिन्दु र बौद्व भाषामा पाठ्यक्रम निर्माण गरिएकाले पढ्नलेख्न निकै सहज भएको अभिभावक ठिल्ले लामाले बताए । 

गाँउपालिका र करानी सामुदाय बिकास केन्द्र नामक सस्थाको पहलमा कक्षा एकको स्थानीय नेपाली भाषा र बौद्व भाषामा पाठ्यपुस्तक निर्माण गरी बिद्यालयमा संन्चालनमा आएपछि हिलो आज कक्षामा पढाउन र लेखाउन निकै सहज भएको शिक्षकहरु बताउँछन् । 

पालिका भित्रका भेषभूषा ,रितिरीवाजलाई समेटेर निर्माण गरिएको स्थानीय पाठ्य पुस्तकले मुगमकामारोङ्खगाँउपालिकाको शिक्षा सुधारमा निकै ठूलो सहयोग पुग्ने माध्यमिक बिद्यालयका माग्रीका प्रधानाध्यापक लग्नसिंह सेजुवालले बताए ।

स्थानीय पाठ्यपुस्तक कक्षा १ देखि ८ कक्षासम्म सन्चालन गर्ने नेपाल सरकारको नीति भएपनि पहलो चरणमा कक्षा १ को पाठ्यपुस्तक निर्माण गरी संचालनमा ल्याइएको र कक्षा २र ३ को पुस्तक निर्माण अन्तिम चरणमा रहेको मुगमकामा रोङ्खगाँउपालिका शिक्षा शाखाका देबिसंना ठकुरीले बताइन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार