मुख्य समाचार
‘शैक्षिक सुधारका लागि विशेष बजेटको व्यवस्था गरिनेछ’ | तीन करोडभन्दा बढी लागतमा निर्मित ट्राफिक प्रहरी भवन उद्घाटन | बुद्ध जयन्तीको अवसरमा धकधईमा विपन्नलाई झुल वितरण | प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी | नागरिक सचेत नभई विकास सम्भव छैन – इस्तियाक अहमद खान | भन्सार कडाइपछि रक्सौल सुनसान, वीरगञ्ज बजारमा चहलपहल | केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना | गाउँ पर्यटन ‘मार्टः परम्परागत ज्ञान , सीप र संस्कृतिको संरक्षणको अनुभव आदानप्रदान गर्ने साझा मञ्च | नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो | उभौली पूजा |

बाघको आक्रमणबाट वृद्ध महिलाको मृत्यु

Ujyalosandeshonline 11152+ समाचार ( )
१५ पौष २०८१, सोमबार

हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्ध महिलाको ज्यान गएको छ । मनहरी–५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट धनबहादुर रूम्बाकी श्रीमति ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

रूम्बालाई घर नजिकैको खोल्सामा बाघले आक्रमण गरेको हो । यतिबेला बसन्तपुर गाउँ त्रसित बनेको छ । मृतक रूम्बा घरनजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म नफर्किए पछि खोजी गरिएको थियो । आफन्तले खोजी गर्दै जाने क्रममा घरबाट करिब पाँचसय मिटरपूर्व शरीरमा चोट लागेको मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिए ।

घटनाबारे प्रहरीलाई राति करिब १० बजे मात्रै खबर भएको घटनास्थलमा अनुसन्धानका लागि खटिएका सापकोटाले बताए । मनहरीमा–४ महिना अघि भैंसीले हानेर बाघ मरेको थियो । गत ५ भदौमा मनहरी गाउँपालिका–६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्ने क्रममा उल्टै भैंसीले प्रतिकार गर्दा बाघ मरेको प्रहरीको घटना मुचुल्का र चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीको रिपोर्टले दाबी गरेको थियो ।

निकुञ्जले बुढो र घाइते भएकाले बाघलाई भैंसीको प्रहारले मृत्युको मुखमा पुर्याएको जनाएको थियो ।चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र मध्यवर्ती वनसँग मनहरी जोडिएकाले यहाँ हरेक वर्ष वन्यजन्तुको आक्रमणले जनधनको क्षति हुँदै आएको छ ।

स्थानीयले वन्यजन्तुको जोखिम न्युनिकरणका लागि तारबार लगाएर बस्ती क्षेत्रको संरक्षणको माग गर्दै आए पनि राज्यले ध्यान दिएको छैन । मनहरीको पश्चिम क्षेत्रमा पटक–पटक हात्तीले पनि क्षति गर्ने गरेको छ । मनहरी गाउँपालिकाको हेटौंडा उपमहानगर सँग सीमा जोडिएको पर्वी क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको छ । पर्सा निकुञ्जबाट आएका वन्यजन्तुले पनि मनहरी–१ देखि ४ नम्बर वडा र हेटौंडाको १२,१३,१४ नम्बर वडामा आंतक मच्याउँदै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार