मुख्य समाचार
ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी | अर्घाखाँचीमा पेट्रोलियम पदार्थको अभाव छैन, कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने प्रशासनको चेतावनी |

सिन्धुलीको गोलञ्जोर–६ बाट एकै परिवारका १७ जना बेपत्ता

Ujyalosandeshonline 10782+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १७ जना सदस्य बेपत्ता भएका छन् । स्थानीय करिब ५६ वर्षीया उर्मिला हायुको परिवारका छोरा, बुहारी, छोरी र एक ज्वाइँसहित १७ जना बेपत्ता भएका हुन् । एकान्तमा घर भएको सीमान्तकृत समुदायको सो परिवार तीन दिन अघिबाट बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष रवीन श्रेष्ठले जानकारी दिए । 

बुधबार वा बिहीबार परिकारका १८ जना सदस्यको करिब आठ लाख रुपैँया सामाजिक भत्ता बुझेर आएका हायु परिवार सोही भत्ता बुझेको भोलिपल्टबाट बेपत्ता हुनुले घटना रहस्यमय रहेको श्रेष्ठले बताए । छिमेकीको घर नजिकै गोठमा बाँधेको पाडोलाई तीन दिनदेखि घाँस पानी हाल्न कोही नआएपछि घरमा हेर्न जाँदा सोमबार बिहान मात्रै उनीहरू घरमा नभएको पत्ता लागेको श्रेष्ठले जानकारी दिए । 

हायुको घरको भान्सामा आगो लागेर सामान्य क्षति भएको छ । जलेको भान्सामा काटेर भाँडामा राखेको सुँगुरको मासु फेला परेको छ । घर पालुवा जनावर भैँसी, बाख्रा, कुखुरा भने अलपत्र अवस्थामा छन् । उनीहरू शुक्रबारबाट बेपत्ता भएको हुनसक्ने वडाध्यक्ष श्रेष्ठको अनुमान छ ।  

घटनाबारे थाहा पाएपछि सोमबार बिहान प्रहरी टोली हायुको घरमा पुगेको थियो । प्रहरी पुगेपछि प्रहरी र स्थानीयले अहिले उनीहरूको खोजी गरिरहेका छन् । हायुका परिवारका कुनै सदस्यसँग पनि सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिए । 

वडाध्यक्ष श्रेष्ठका अनुसार उर्मिलाको श्रीमानको गतवर्ष निधन भएको थियो ।‘ श्रीमान् पोहोर साल बित्नुभयो, उहाँहरूको १८ जनाको परिवार हो ६ भाइ छोरा, बुहारी, ६ बहिनी छोरी छन्, ती मध्ये एउटी छोरी काठमाडौँतिर छिन्, एउटी बुहारी विदेशतिर छिन्, अरू सबै घरमा नै छन्, जेठो ज्वाइँ पनि उहाँहरूसँगै बस्दै आउनु भएको रहेछ’, श्रेष्ठले भने । भत्ता ल्याएर घरको सुँगुर काटेर खाएको हायु परिवार कसैले थाहा नपाउने गरी घर छाडेर हिँडेको पनि हुनसक्ने आशङ्का गरिएको छ ।

‘बैङ्कबाट ऋण लिनु भएको रहेछ, बैङ्कमा मान्छे वडा कार्यालयमा पनि पटक पटक आउने गरेका थिए, कतै पैसा ल्याएपछि बैङ्कबाट लिन आउँछ भनेर हिँड्नु भयो कि, अथवा अरू केही भयो कि, अहिले केही भन्न सकिने अवस्था नै रहेन’, श्रेष्ठले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार