मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

फरार कैदी र लागुऔषध प्रयोगकर्तासहित पाँच पक्राउ

Ujyalosandeshonline 12342+ समाचार ( )
१६ कार्तिक २०८२, आइतबार

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले काठमाडौँ कारागारबाट फरार एक कैदीसहित पाँच लागुऔषध प्रयोगकर्तालाई आज वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते काठमाडौँ कारागारबाट फरार जगन्नाथ देवल रहेका जिल्ला प्रहरी कार्यालर्यतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले जानकारी दिनुभयो ।निजलाई थप कैदका लागि कारागार कार्यालय सुर्खेतमा पठाइएको उहाँले बताउनुभयो ।

यसैगरी, वीरेन्द्रनगर नगरपालिका–७, ८, ११ र १२ नं वडाबाट पाँच लागुऔषध प्रयोगकर्तालाई पनि पक्राउ गरिएको उहाँले जनाउनुभयो । प्रवक्ता बुढ्थापाका अनुसार वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत निवासी ३० वर्षीय नरेन्द्र ठाडा र वडा नं ८ का १९ वर्षीय ललिता तामाङ, १८ वर्षीय रमेश सुनार, वडा नं ११ का २० वर्षीय विशाल ठाडा मगर, वडा नं १२ का २२ वर्षीय राजु सुनार रहेका छन् । नरेन्द्र र ललिताबाट ५३० मिलिग्राम र रमेश, विशाल र राजुबाट दुई ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको छ ।

गोप्य सूचनाका आधारमा प्रहरी तथा लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले नेपालगञ्जदेखि सुर्खेततर्फ आउँदै गरेको क प्र ०२–००१ ज ०७०९ नंको इभी गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ प्रवक्ता बुढथापाले बताउनुभयो ।रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार