मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

बागमती गोल्डकपको सातौं संस्करण फागुन ३ गतेदेखि

Ujyalosandeshonline 12461+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाले गर्दै आएको बागमती गोल्डकपको सातौं संस्करण फागुन ३ बाट सुरु हुने भएको छ । बागमती गाउँपालिकाको झुरझुरेमा रहेको सहिद स्मृति रङ्गशालामा हुने प्रतियोगिता फागुन १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा ‘ए’डिभिजनका ७ सहित १० टिमको सहभागिता रहने आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितीका अध्यक्ष रहरसिंह थिङ्ले जनाए ।

प्रतियोगितामा ‘ए’ डिभिजनको डिफेन्डिङ च्याम्पियन मछिन्द्र सहित संकटा क्लब , थ्री स्टार क्लब, त्रिभुवन आर्मी, एफिएफ क्लब र चर्च व्वाई क्लबको सहभागिता रहने छ भने आयोजक सहित मोफसलको थप तीन क्लबहरुलो सहभागीता रहनेछ ।

प्रतियोगिताको विजेता टोलिले नगद १० लाख, उपविजेताले नगद पाँच लाखसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीले नगद २५ हजारको दरले नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्नको लागि आओजकले ७३ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । उक्त खर्च व्यवस्थापनको लागि गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने बाँकी रकम आयोजक समितिले व्यवस्थापन गर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार