मुख्य समाचार
पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग | पर्यटन प्रर्द्धनका लागि ‘नेपाल बुझ्न गोरखा जाऔँ’ अभियान | स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने | पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द |

सिद्धार्थनगरको १५ औँ अधिवेशन सम्पन्न

Ujyalosandeshonline 11514+ समाचार ( )
२५ माघ २०८०, बिहीबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका नगरसभाको १५ औँ अधिवेशन सम्पन्न भएको छ । नगरसभाबाट चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेट तथा कार्यक्रम संसोधन गर्दै बिहिवार अधिवेशन सम्पन्न भएको हो ।

१३ औँ अधिवेशनबाट विनियोजन भएको बजेट र कार्यक्रमको विषयमा सभामा छलफल गरी सर्वसम्मतबाट आवश्यक कार्यक्रम संसोधन र रकमान्तर गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सचिव नवराज पौड्यालले जानकारी दिए ।

त्यस्तै सभामा सभाध्यक्ष एवं नगर प्रमुख इश्तियाक अहमद खाँले नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । नगरका विभिन्न स्थानमा स्मार्ट लाइट जडान गर्ने कार्य सम्पन्न भएको देखि लिएर २७ किलोमिटर नाला सहितको सडक, डण्डा करिडोरको निर्माणका लागि एडिबीसगँ सम्झौता भएकोसम्म प्रगतिको रुपमा प्रतिवेदन मार्फत प्रस्तुत गरिएको थियो ।

त्यस्तै प्रगति प्रतिवेदन अनुसार ३९ वटा भौतिक पूर्वाधारका योजना सुरु भएको, ६ वटा योजना सम्झौता हुन बाँकी रहेको तथा ६ वटा ठेक्का आह्वानका लागि प्रक्रियामा लगायत रहेको छ । शिक्षा, स्वास्थ्य, सरसफाई, समाजिक सुरक्षा, कृषि, पशु सेवा लगायत क्षेत्रमा पनि भएका कार्यक्रमहरुलाई प्रगतिको रुपमा प्रस्तुत गरिएको थियो ।

यस्तै सभामा नगरसभा सदस्यहरुले नगरको विकास लगायतको विषयमा राखेको जिज्ञासामा नगर प्रमुख खाँले जवाफ दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार