मुख्य समाचार
बगहा माविमा चारकोठे भवनको शिलान्यास | बाराका तत्कालीन सचिव अन्सारीमाथि भ्रष्टाचार गरेको आरोपपत्र दायर | सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित विपरित : प्रधानमन्त्री | सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशले झनै शंका जन्मायो : महासचिव गुरुङ | विधेयकमा शिक्षकका माग समेट्ने प्रचण्डको प्रतिबद्धता | सर्वसाधारणलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा | पेस्तोलसहित भारतीय नागरिक पक्राउ | पर्साका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित | सडकआश्रित मानवको पुनःस्थापन सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य | बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीको आग्रह |

सिद्धार्थनगरको १५ औँ अधिवेशन सम्पन्न

Ujyalosandeshonline 5550+ समाचार ( )
२५ माघ २०८०, बिहीबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका नगरसभाको १५ औँ अधिवेशन सम्पन्न भएको छ । नगरसभाबाट चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेट तथा कार्यक्रम संसोधन गर्दै बिहिवार अधिवेशन सम्पन्न भएको हो ।

१३ औँ अधिवेशनबाट विनियोजन भएको बजेट र कार्यक्रमको विषयमा सभामा छलफल गरी सर्वसम्मतबाट आवश्यक कार्यक्रम संसोधन र रकमान्तर गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सचिव नवराज पौड्यालले जानकारी दिए ।

त्यस्तै सभामा सभाध्यक्ष एवं नगर प्रमुख इश्तियाक अहमद खाँले नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । नगरका विभिन्न स्थानमा स्मार्ट लाइट जडान गर्ने कार्य सम्पन्न भएको देखि लिएर २७ किलोमिटर नाला सहितको सडक, डण्डा करिडोरको निर्माणका लागि एडिबीसगँ सम्झौता भएकोसम्म प्रगतिको रुपमा प्रतिवेदन मार्फत प्रस्तुत गरिएको थियो ।

त्यस्तै प्रगति प्रतिवेदन अनुसार ३९ वटा भौतिक पूर्वाधारका योजना सुरु भएको, ६ वटा योजना सम्झौता हुन बाँकी रहेको तथा ६ वटा ठेक्का आह्वानका लागि प्रक्रियामा लगायत रहेको छ । शिक्षा, स्वास्थ्य, सरसफाई, समाजिक सुरक्षा, कृषि, पशु सेवा लगायत क्षेत्रमा पनि भएका कार्यक्रमहरुलाई प्रगतिको रुपमा प्रस्तुत गरिएको थियो ।

यस्तै सभामा नगरसभा सदस्यहरुले नगरको विकास लगायतको विषयमा राखेको जिज्ञासामा नगर प्रमुख खाँले जवाफ दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार