मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

रैथाने बालीको संरक्षण गर्न बीउ बैंक

Ujyalosandeshonline 12614+ समाचार ( )
३० जेठ २०८१, बुधवार

दानबहादुर बुढा,

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा रैथाने बालीको संरक्षण गर्न सामुदायिक बीउ बैंक सञ्चालन गरिएको छ । यहाँ रहेको रारा सामुदायिक बीउ बैंकले रैथाने बालीको बीउ संरक्षण गर्दै आएको छ । संघसंस्थाहरुको सहयोग र सहकार्यमा नगरपालिकाले समुदायस्तरमै बीउ बैंक स्थापना गरी संरक्षणको व्यवस्था गरेको हो । 

वडा नं. ५ ढुममा ०७७ सालमा स्थापना भएको बीउ बैंकमा हाल नगरपालिकाका सबै वडाका बासिन्दा सदस्य छन् । बैंकमा धान, मार्सी, कागुनो, जौँ, फापर, कोदो, भटमास, उवा, चिनो, सिमी, मास, मुसुरो लगायत अन्य अन्नबाली, टिमुर, खुर्सानी, धुनियाँ, अदुवा, जिरा, लसुन, प्याज, बन्दा, गाँजर, मुला लगायत मसला र तरकारी बालीहरुको संरक्षण गरिएको अध्क्षय कालीबहादुर रोकायाले बताए ।

‘गाउँ–गाउँमा विदेशी उत्पादनले पकड पायो । मान्छेहरुले पनि कुन रैथाने, कुन विदेशी छुट्याउन सक्ने अवस्था भएन,’ उनले भने, ‘किसानलाई आवश्यक पर्दा रैथाने बाली लगाउन र बीउ रोप्न सहज होस् भन्ने हेतुले हामीले रैथाने बाली संरक्षण गरेका छौँ ।’ अहिले नगर क्षेत्रमा उत्पादित स्थानीय उत्पादनको बजारीकरणका लागि कोशेली घरको समेत स्थापना गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार