मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


प्राध्यापकहरुलाई विश्वस्तरको शिक्षा र अनुसन्धानको अवसर आवश्यक

Ujyalosandeshonline 11005+ समाचार ( )
११ वैशाख २०८१, मङ्गलबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग, चाइनिज एकेडमी अफ साइन्सेस र त्रिविको संयुक्त पहलमा निर्मित काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशन(केसिआरई)को संयुक्त आयोजनामा तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखन सम्बन्धमा  क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको छ ।

अनुसन्धानकर्ता उपप्राध्यापकहरुको क्षमता अभिवृद्धिमार्फत शैक्षिक उत्कृष्टता बढाउन आयोजित तालिममा विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत कार्यरत उपप्राध्यापक र सहायकप्राध्यापकहरु २५ जना  समावेश गराइएको छ ।

तालिमको उदघाटन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले व्यवहारिक ज्ञानको निर्माण र समसामयिक चुनौतीलाई सम्बोधन गर्न तथ्याङ्क विश्लेषण र प्रभावकारी वैज्ञानिक पेपर लेखनको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए ।

अनुसन्धान र उत्कृष्ट लेखनमार्फत विश्वविद्यालयहरु उत्कृष्ट बन्ने हुँदा जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशनले गरेको कामको प्रशंसा गरेका हुन् ।

शैक्षिक भविष्यलाई आकार दिन यस्ता कार्यक्रमहरूको मद्दत गर्ने भन्दै उपकुलपति प्राडा बरालले  त्रिविमा कार्यरत प्राध्यापक एवम अध्ययनरतहरुलाई  विश्वस्तरको शिक्षा र अनुसन्धानका अवसर उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए । 

उनले तालिमको अवसरलाई अधिकतम सदुपयोग गरी आफनो र आफनो संस्थाको प्रभावकारी अभिबृद्धि गर्न सहभागीहरुलाई विशेष अनुरोध गरेका थिए । 

कार्यक्रममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राडा विनिल अर्यालले विश्वका सबै विधाहरु तथ्याङ्क विश्लेषण एवम् वैज्ञानिक लेखनमा केन्द्रीय हुँदै गएको र तथ्याङ्क नै वैज्ञानिक विश्लेषणको महत्वपूर्ण आधार रहेको हुँदा उपप्राध्यापकहरुलाई यसप्रकारको तालिमले अनुसन्धानमा महत्वपूर्ण योगदान गर्न सहयोग गर्ने बताए ।

यस प्रकारका तालिमले राष्ट्रिय एवम् अन्तराष्ट्रिय स्तरका जर्नलहरुमा समेत लेखहरु प्रकाशित गर्न उत्पेरित गर्ने र समग्रमा प्राज्ञिक क्षमताको विकासहुने अपेक्षा गरे । कार्यक्रममा चाइनिज एकेडेमी अफ साइन्सेसको इन्सिच्युट अफ टिवेटियन प्लेटो रिसर्चका उपनिर्देशक तथा काठमाडौ सेन्टर फर रिसर्च एण्ड एकुजकेशन(केसिआरई)का निर्देशक प्राडा बाइक्विङ सू ले दुवै देशको वैज्ञानिक अनुसन्धानको तथा शिक्षाको क्षेत्रमा महत्वपूर्ण सहकार्य गर्न निर्मित केसिआईले त्रिविको समग्र प्राज्ञिक उनन्यनको लागि महत्वपूर्ण सहयोग पु¥याउँदै आइरहेको र युवा अनुसन्धानकर्मीहरुलाई अनुदान, विभिन्न तालिमहरुको आयोजना, वैज्ञानिक सम्मेलनहरुको लागि सहयोगलगायतका पक्षहरुमा सहकार्य गरिरहेको बताएका थिए । उनले केसिआरईको स्थापना र उद्देश्य प्राप्त गर्न  आगामी दिनमा गर्ने कार्यहरुका वारेमा समेत जानकारी गराए । 

जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्राडा दिपक अर्यालले विभागले निरन्तररुपमा राष्ट्रिय अन्तराष्ट्रिय सहकार्यमा विभिन्न वैज्ञानिक सम्मेलन, वर्कसप एवम तालिमहरुको अयोजना गर्दै आइरहेको र युवा उपप्राध्यापकहरुको प्राज्ञिक विकास र क्षमताबृद्धिलाई विशेष प्राथमिकता दिइँदै आइरहेको बताए ।

कार्यक्रममा जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् काठमाडौ सेन्टर फर रिर्सच एण्ड एजुकेसन(केसिआरई)का उपनिर्देशक डा.विनोद दवाडीले तालिमको बारेमा विशेष प्रकाश पार्दै तालिममार्फत अनुसन्धान र लेखन क्षमताको विकास गर्ने, जर्नल प्रकाशनमा उत्पेरित गर्ने र  उपप्राध्यापकहरुलाई पुर्नताजकी गर्दै आफुले जानेका विषयहरुलाई निरन्तर अद्यवधिक गर्ने उद्देश्य राखिएको बताए ।

स्थापनादेखिनै त्रिविको प्राज्ञिक उन्नयनमा केसिआरईले महत्वपूर्ण सहयोग गर्दै आइरहेको र आगामी दिनमा त्रिविमा वैज्ञानिक सहकार्यलाई थप क्रियाशील गराउँदै समग्र विज्ञानको विकासमा कार्यगर्ने बताए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार