मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

रुपन्देहीको रोहिणीमा खाल्डोमा डुबेको अवस्थामा युवकको शव फेला, अनुसन्धान सुरु

Ujyalosandeshonline 12611+ समाचार ( )
२२ भाद्र २०८२, आइतबार

भैरहवा । रुपन्देहीको रोहिणीमा २८ वर्षीय कलामुदिन अन्सारीको शव पानी जमेको खाल्डोमा डुबेको अवस्थामा फेला परेको छ। आज बिहान करिब सवा ६ बजेतिर रोहिणी गाउँपालिका-६ चम्किपुरस्थित मझनु चोकदेखि छिपागड आउने भित्री सडकखण्डमा स्थानीयले अन्सारी र उनको UP 56 AJ 6879 नम्बरको मोटरसाइकल खाल्डोमा डुबेको देखेका थिए।

तत्कालै प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय धकधईको टोली घटनास्थल पुगेको थियो। बिहान करिब ७:४० बजेतिर शवको पहिचान खुलेको हो। मृतक रुपन्देही रोहिणी-४ पकडिहवाका ईद्रिस धुनियाका छोरा कलामुदिन अन्सारी रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारी अनुसार, अन्सारी सेमरहवामा कुखुरा काट्ने र बेच्ने काम गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी तथा सूचना अधिकारी सुरज कार्कीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार