रुपन्देहीको रोहिणीमा खाल्डोमा डुबेको अवस्थामा युवकको शव फेला, अनुसन्धान सुरु

Ujyalosandeshonline 11144+ समाचार ( )
२२ भाद्र २०८२, आइतबार

भैरहवा । रुपन्देहीको रोहिणीमा २८ वर्षीय कलामुदिन अन्सारीको शव पानी जमेको खाल्डोमा डुबेको अवस्थामा फेला परेको छ। आज बिहान करिब सवा ६ बजेतिर रोहिणी गाउँपालिका-६ चम्किपुरस्थित मझनु चोकदेखि छिपागड आउने भित्री सडकखण्डमा स्थानीयले अन्सारी र उनको UP 56 AJ 6879 नम्बरको मोटरसाइकल खाल्डोमा डुबेको देखेका थिए।

तत्कालै प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय धकधईको टोली घटनास्थल पुगेको थियो। बिहान करिब ७:४० बजेतिर शवको पहिचान खुलेको हो। मृतक रुपन्देही रोहिणी-४ पकडिहवाका ईद्रिस धुनियाका छोरा कलामुदिन अन्सारी रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारी अनुसार, अन्सारी सेमरहवामा कुखुरा काट्ने र बेच्ने काम गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी तथा सूचना अधिकारी सुरज कार्कीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार