मुख्य समाचार
नेपाल नेत्रज्योति सङ्घद्वारा कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर : एक हजारभन्दा बढी लाभान्वित | गृहिणी होइन, अब उद्यमी: सिद्धार्थनगरका महिलाको नयाँ परिचय | पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित | लुम्बिनी प्रदेश सभाको पन्ध्रौं बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल हुने | रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग | बालक हत्या गरेको आरोपमा एक जना पक्राउ | एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता | सप्तरीमा घुस रकमसहित निमित्त कार्यालय प्रमुख र चालक नियन्त्रणमा | रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु | ५ वर्ष अध्यक्ष बन्दा साढे ३ करोड अवैध कमाइ ! पूर्वअध्यक्ष गुप्ता र दुई श्रीमतीसहित परिवारै अदालतमा |

चैती छठ : साँझ अस्ताउदो सुर्यलाइ अर्घ दिइयो

Ujyalosandeshonline 11706+ समाचार ( )
२० चैत्र २०८१, बिहीबार

रौतहट । चैती छठ पर्वको मुख्य दिन आज (बिहीबार) साँझ ब्रतालुहरुले अस्ताउदो सुर्य र छठी मातालाइ अर्घ दिएका छन  । ब्रतालुहरुले यहाको बाग्मती, बकैया, चादी नदि र पोखरी तथा जलाशय पुगी अस्ताउदो सुर्यलाई अर्घ दिएका हुन । नदि, पोखरी तथा जलाशय सरसफाइ गरि बेहुली झैं सिङ्गगारीएको थियो । गरुडा नगरपालिका वडा न.४ मा रहेको जलाशयमा पुगेर अस्ताउँदो सुर्यलाई अर्घ दिएको स्थानीय रमेश यादवले बताए । 

उनका अनुसार चैत शुक्लपक्षमा चार दिन सम्म मनाइने चैती छठ पर्वको तेश्रो दिन   षष्ठी तिथीलाई छठको मुख्य दिन मानिन्छ । छठ पर्वको अन्तिम दिन सप्तमी तिथी, भोलि(शुक्रबार) बिहान ब्रतालुहरुले फेरी छठघाटमा पुगेर उदाउदो सुर्य र छठीमातालाइ अर्घ दिएपछि छठ पूजा विधीवत रुपमा समापन हुने उनको भनाइ छ । 

गत मंगलबार देखि विधीवत रुपमा चैती छठ पर्व सुरु भएको हो । सुर्य भगवान र छठी मातालाइ पूँजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फुलफुल पनि सुर्य भगवान र छठी मातालाइ अर्घ दिने गरिन्छ । चैती तराई मधेशबासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुई पटक मनाउने गरिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार