भैरहवा । लुम्बिनी देखि तिलौराकोट सम्मको परिकल्पना गरिएको ग्रामीण क्षेत्रको मायादेवी सुत्केरी मार्गमा महिला मोटरसाईकल राईडरहरुले यात्रा सुरु गरेका छन् । सुत्केरी मार्गको प्रचार प्रसार एवम प्रवद्र्धन गर्ने उद्देश्य सहित यात्राको सुरुवात गरिएको हो ।
सुत्केरी मार्गमा पर्ने ग्रामीण क्षेत्रहरुमा पर्यटन बढाएर क्षेत्रका बासिन्दाहरुको आर्थिक जनस्तर उकास्नलाई पनि यो कार्यक्रम आयोजना गरिएको यसका आयोजक बिक्र पाँडे काजीले बताए । यसमा “दुई पाङ्ग्रे क्वीन” समूहका १० जना महिला राईडरहरुको सहभागीता रहने उनले बताए । राईडरहरु सुत्केरी मार्ग हुदै कपिलवस्तुको पर्यटकिय क्षेत्रहरु कुदान, गोटिहवा, सगरहवा, निग्लिहवा लगातको क्षेत्रमा पुग्ने पाँडेले जानकारी दिए ।
मायादेवी सुत्केरी मार्गका परिकल्पनाकार पाँडेका अनुसार करिब ३८–३९ किलोमिटरको दूरीको यात्रालाई तिर्थयात्राको रुपमा स्थापित गराउन यो कार्यक्रम आयोजना गरिएको हो ।
मायादेवी सुत्केरी मार्गमा हिड्ने तिर्थयात्रीहरुलाई ३ देखि ४ दिन सम्म लाग्न सक्ने र यसले लुम्बिनी र कपिलवस्तुमा पर्यटकहरुको बसाई अवधि लम्ब्याउन सहज हुने छ । लुम्बिनी भ्रमणको लागि आउने अधिकांश तिर्थयात्रीहरु कपिलपस्तु सम्म पुग्दैनन् यो कार्यक्रमले कपिलवस्तुमा पर्यटकको संख्या वृद्धिमा पनि सहयोग पु¥याउने पाँडे बताउछन् ।
लुम्बिनीको सदभावना दूत समेत रहनुभएको बिक्रम पाँडे काजीले मायादेवी सुुत्केरी मार्ग तयार भईसकेको हुदा यसको प्रचार प्रसारको लागि सरकारी स्तरबाट प्रयास गरिनु पर्ने बताउछन् ।