मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

भैरहवा भन्सारद्वारा ४६ अर्ब बढी राजस्व संकलन

Ujyalosandeshonline 12611+ समाचार ( )
४ माघ २०८१, शुक्रबार

भैरहवा । भैरहवा भन्सार कार्यालय, रुपन्देहीले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ४६ अर्ब २ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा भन्सार राजस्व संकलन बढी हो । ‘हामीले भन्सार विभागले दिएको लक्ष्य भेटाउन सकेका छैनौं’प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले भने, ‘तर निराश हुने गरी राजस्व संकलन घटेको छैन ।’

रेग्मीका अनुसार गत वर्ष यही अवधिमा ३९ अर्व १४ करोड राजस्व संकलन भएको थियो । जुन लक्ष्यको ३० दशमलव ६२ प्रतिशत हो । तर, अहिले चालू आर्थिक वर्ष लक्ष्यको ४२ प्रतिशत बढी राजस्व संकलन भएको छ । यस वर्ष लक्ष्य पनि बढी छ । कार्यालयले साउनदेखि पुससम्मको राजस्व संकलन औसतमा ८० प्रतिशत माथि छ ।

कार्यालयले साउनमा ८३ दशमलव ५३ प्रतिशत, भदौमा ९० दशमलव ५ प्रतिशत, असोजमा १ सय दशमलव ३९ प्रतिशत, कार्तिकमा ८३ दशमलव १७ , मंसिरमा ८२ दशमलव १७ र पुसमा ८० दशमलव ६२ प्रतिशत राजस्व संकलन गरेको हो ।कार्यालयबाट गत तीन वर्षदेखि लगातार भन्सार राजस्व संकलन घटेकोमा चालु आर्थिक वर्षको सुरुवातदेखि नै सुधार भइरहेको छ । ‘शतप्रतिशत राजस्व संकलन नभए पनि औसतमा ८० प्रतिशतमाथि छ र यो सन्तोषजनक हो,’उनले भने ।

‘भन्सार विभागले दिएको लक्ष्यअनुसार संकलन गर्न नसकेको हो, तर विगतका वर्षभन्दा सुधार गरेका छौंं’उनले भने, ‘समग्र देशको भन्सार राजस्व संकलनको लक्ष्यभन्दा हामीले सन्तोषजनक संकलन गरेका छौं । ’भैरहवा भन्सार कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८१/८२ का लागि १ खर्ब ९ अर्व ३३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ । कार्यालयले गत साउनदेखि ८० प्रतिशतमाथि नै राजस्व संकलन गर्दै आइरहेको छ ।

२०७८ पुस ५ बाट नेपाल राष्ट्र बैंकले १८ वटा शिर्षकका बिलासिताका विभिन्न वस्तुहरुको आयातमा अनिवार्य प्रतितपत्र (एलसी) खोलेर शतप्रतिशत र दुईवटा शिर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै वस्तु आयातमा कमी हुँदै आउँदा राजस्व संकलन खुम्चिन गएको थियो । कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३ दशमलव २४ प्रतिशत संकलन गरेको थियो ।

भन्सार कार्यालयका अनुसार बेलहिया नाकाबाट भित्रिने मुख्य १० वस्तुमा मोटरसाइकल, जीप, कार र भ्यान, पेट्रोल, मोबाइल, टेलिफोन, इलेक्ट्रिक कार, जीप, भ्यान, एमएस विलेट, टायल, डिजेल, मार्बल स्ल्याब र एलपी ग्यास रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार