मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

पीडादायी अवस्थामासबै मिलेर अघि बढ्न गृहमन्त्रीको आग्रह

Ujyalosandeshonline 12463+ समाचार ( )
२० अशोज २०८१, आइतबार

काठमाडौ । गृहमन्त्री रमेश लेखकले संघ, प्रदेश र स्थानीय तह गरी तीनवटै तहले विपद् व्यवस्थापनमा मिलेर काम गर्नुपर्ने बताएका छन् । आइतबार ललितपुरको विभिन्न प्रभावित क्षेत्रको निरीक्षण पछि जिल्ला प्रशासन कार्यालय ललितपुरमा आयोजित विपद् व्यवस्थापन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले विपद्को समयमा सबै गुनासो र विमतिलाई थाती राखेर सबै मिलेर एककार भएर काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने,‘राजनीतिक दलहरु हिजो पनि विपदमा एकजुट भएर सामाना गरेको इतिहास छ ।अहिलेको पीडादायी अवस्थामा पनि सबै मिलेर अघि बढ्नुपर्छ ।’उनले खोज उद्धारका साथै तत्कालै राहत र अत्यावश्यक सेवाको सुनिश्चितता गर्न आग्रह गर्दै गृहमन्त्री लेखकले सडकबाट संभव नभए हेलिकोप्टर प्रयोग गरेर भएपनि राहत पु¥याउन निर्देशन दिए ।

ललितपुरमा विपदमा परी मृत्यु भएका ४५ मध्ये ३९ जना मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।मन्त्री लेखकले पूर्ण रुपले घर क्षति भएका पाउन योग्य लाभग्राहीको नाम स्थानीय तहबाट तत्कालै पठाउन आग्रह समेत गरे ।

उनले भने,‘एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनिएपनि स्थानीय तहको जिम्मेवारीमा दिन सकिन्छ, सम्वन्धित पालिकाको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी राखेर राहत व्यवस्थापन गर्न सकिन्छ, तहगत विभाग र विद्युत, खानेपानी र सञ्चार क्षेत्रमा जिम्मेवारीमा रहेकाहरुले समस्या पहिचान गरेर समन्वय इमानदारीपूर्वक काम गर्नुस् ।’बैठकमा प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणा, डा. तोसिमा कार्की, प्रेमबहादुर महर्जन लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार