मुख्य समाचार
बेलहियाबाट अवैध कल बाईपास सञ्चालन गरेको आरोपमा एक पुरुष पक्राउ | सामाजिक सद्भाव र भाइचारा कायम राख्न पूर्वराजा ज्ञानेन्द्रको आग्रह | जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी | देशभर मनसुनी वायुको प्रभाव: पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना | सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण |

अर्घाखाँचीमा आर्थिक गणना सम्बन्धी छलफल सम्पन्न, यथार्थ तथ्यांक संकलनमा जोड

Ujyalosandeshonline 11848+ समाचार ( )
७ चैत्र २०८२, शनिबार

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्बन्धी जिल्लास्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले एक समारोहका बीच कार्यक्रमको उद्घाटन गर्नुभएको हो। सन्धिखर्क नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, निजी क्षेत्र र विभिन्न सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा आर्थिक गणनाको महत्व र यसको कार्यान्वयन प्रक्रियाबारे प्रकाश पार्दै गणना कार्यालय अर्घाखाँचीका प्रमुख बाबुराम न्यौपानेले सही तथ्यांक संकलनका लागि सबै क्षेत्रको सहयोग अनिवार्य रहेको बताउनुभयो। उहाँले अहिले संकलन गरिने तथ्यांक नै भविष्यका विकास योजना निर्माणको मुख्य आधार बन्ने भएकाले यस अभियानलाई गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो। यस्तै, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले स्थानीय तहको नीति, बजेट र योजना निर्माणका लागि यथार्थपरक तथ्यांक अपरिहार्य हुने भन्दै वास्तविक अवस्था झल्किने गरी विवरण संकलन हुनुपर्नेमा जोड दिनुभयो।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले आर्थिक गणनालाई सफल बनाउन सञ्चार क्षेत्रले जनचेतना र सूचना प्रवाहमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। सहभागीहरूले यस गणनाबाट जिल्लाको उत्पादन, व्यापार, सेवा र रोजगारीको वास्तविक अवस्था पहिचान भई दीर्घकालीन विकास रणनीति बनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन सहायक आर्थिक गणना अधिकारी दिलिप केसीले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार