मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

विकासका मुद्दामा दलीय एकता आवश्यक : राष्ट्रपति

Ujyalosandeshonline 12612+ समाचार ( )
१७ चैत्र २०८०, शनिबार

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले दलहरुले जतासुकै गठबन्धन गरे पनि विकासका साझा मुद्दामा सबै एक ठाउँमा हुनुपर्ने बताएका छन् ।

तनहुँको देवघाटमा निर्माण हुने ज्येष्ठ नागरिक भवनको शनिबार शिलान्यास गर्दै उनले लोकतन्त्रवादी तथा समाजवादीले भविष्यलाई स्वर्ग बनाउने बताए ।

उनले भने, ‘अहिले निराशा छ भनेर प्रतिगामीले हल्ला फैलाएका हुन्, प्रतिगामीहरुको स्वर्ग अतितमा हुन्छ । तर, हामी लोकतन्त्रवादी र समाजवादीहरुको स्वर्ग भविष्यमा छ, हामी भविष्यलाई स्वर्ग बनाउँछौं ।’

विदेश पलायन भएर यहाँ केही नभएको भन्दै कुरा काट्नु पनि अनुचित भएको उनले बताए । गठबन्धन जो जता भए पनि विकासमा राजनीतिक दलका नेताहरु एक हुनुपर्ने उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले पवित्र तपोभूमि कालीगण्डकी र त्रिशूलीको  संगम देवघाटमा ज्येष्ठ नागरिक भवन बनेपछि त्यो भवन पूर्वीय दर्शन र वेदान्त चिन्तनको छलफल गर्ने स्थल बन्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार