मुख्य समाचार
दुर्घटनामा एकको मृत्यु | बाजुरामा लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको अभिमुखीकरण सम्पन्न | पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध | सिद्धार्थ राजमार्गमा राति सवारी आवागमनमा रोक | प्युठानमा प्रहरी निरीक्षक गुप्ता ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित | अध्यक्ष दाहालद्वारा सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल | कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न | भारी वर्षालाई लक्षित गर्दै प्रमुख राजमार्गमा राति सवारी चलाउन रोक | बन्द अवस्थामा रहेको वायु तथा सौर्य उर्जा प्लान्ट परियोजना | नेपाली काँग्रेस रोहिणी गाउँपालिकाको सभापतिमा अकबाल खान निर्वाचित |

सिद्धार्थ राजमार्गमा राति सवारी आवागमनमा रोक

Ujyalosandeshonline 12394+ समाचार ( )
८ अशोज २०८३, बिहीबार

पाल्पा । वर्षाका कारण हुनसक्ने सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गको दोभान-सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले आजदेखि असोज १२ गतेसम्म बेलुकी ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी रोक्ने निर्णय गरेको हो ।

यात्रु तथा सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिम न्यूनीकरणका लागि यो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो । उहाँले एक सूचना जारी गर्दै हालको मौसममा आएको परिवर्तनका कारण पाल्पा जिल्लामा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म भारी वर्षा हुनसक्ने नेपाल मौसम विज्ञान विभागको सूचनालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न राति सवारी आवागमन बन्द गरिएको उल्लेख गर्नुभयो ।

प्रशासनले वर्षाका कारण सडकमा पहिरो, बाढी तथा डुबानलगायत विपद्जन्य जोखिम उत्पन्न हुनसक्ने भएकाले रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रहसमेत गरेको छ । आपत्कालीन अवस्थामा नेपाल प्रहरी १००, ट्राफिक प्रहरी १०३, सशस्त्र प्रहरी बल १११४ र जिल्ला आपत्कालीन केन्द्र १२३४ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ । बितेको २४ घण्टामा पाल्पाको बल्ड्याङगढीमा सबैभन्दा बढी १६१ मिलिमिटर वर्षा भएको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै यहाँका स-साना खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना समेत रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार