मुख्य समाचार
मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न |

छुरा प्रहार गरी युवकको हत्या

Ujyalosandeshonline 12616+ समाचार ( )
२ चैत्र २०८१, आइतबार

जनकपुर । जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । होली खेल्ने क्रममा शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा केही युवकहरुकोबीच भएको विवादले उग्र रूप लिँदा छुरी प्रहार भएको हो ।

स्थानीय १९ वर्षीय आँशु यादव माथि छुरा प्रहारबाट घाइते भएपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थियो । छुरा प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

स्थानीयका अनुसार मृतक यादव घरको एक्लो छोरा थिए । उनको बुबाको मृत्यु मात्र ६ महिना पहिला भएको थियो ।धनुषासहित मधेशका अधिकांश जिल्लामा शुक्रबार होली मनाइएको भए पनि जनकपुरधाममा भने शनिबार होली मनाइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणकुमार सिंहले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार