सर्पको टोकाईबाट महिलाको मृत्यु

Ujyalosandeshonline 11144+ समाचार ( )
३१ असार २०८१, आइतबार

नवलपरासी । पश्चिम नवलपरासीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका-८ गंगापुरको ३२ वर्षीया रुना पालको सर्पको टोकाईबाट मृत्यु भएको हो ।

घरमा सुतिरहेको अवस्थामा बिहान करिब चारबजे उनलाई सर्पले टोकेपछि बेहोस भएकी थिइन् । सर्पले टोकेपछि उपचारका लागि सर्पदंश त्रिवेणी क्याम्प हुदै जिल्ला अस्पताल परासीमा ल्याउँदा चिक्तिसकले बिहान करिब ९ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार